समाचारAll

बन्दीपुर अस्पतालमा आँखाको उपचार गर्न सुरु

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक २७ गते । तनहुँको पुरानो सदरमुकाम बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा आँखा उपचार सेवा सञ्चालनमा ल्याईएको छ ।  आँखा उपचार सेवा सुरु गरिएपछि यहाँका स्थानीयहरु खुशी भएका छन् । विभिन्न समस्याले गर्दा  आँखाको उपचार गराउन टाढा धाउनु पर्ने बाध्यतामा रहेकोमा हालै स्थानीय स्तरमै उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन् ।
यस अघि बन्दीपुरबासीहरु स्थानीयवासीहरु आँखाको उपचाको लागि सदरमुकाम दमौली, पोखरा, चितवन जानुपर्ने बाध्यतामा रहेका थिए। यसका साथै कहिलेकाही गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा आँखा उपचारमा समस्या परेकोले अस्पतालमा आँखा उपचार केन्द्र स्थापना गरि सेवा प्रदान गर्न थालिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । हिमालय आँखा अस्पताल घारीपाटन पोखरा र पाइस नेपालको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । ‘जेष्ठ नागरिकहरुको अधिकांशमा आँखामा निकै समस्या देखिएपछि लामो पहल गरेर उपचार केन्द्रको स्थापना गर्न सफल भएका छौं’ अध्यक्ष थापाले भन्नुभयो ।
 उपचारको लागि एक जना नेत्र सहयाक राखिएको र दैनिक आठ देखि दश जना उपचारको लागि आउने गरेको  बन्दीपुर अस्पतालका कप्युटर अपरेटर दीपक भट्टराईले जानकारी दिनुभयो । असोज १ गतेबाट सेवा सञ्चालन ल्याईएको उहाँले जानकारी दिनुभयो । अस्पतालका अनुसार अब यहाँ सामान्य अप्रेसनदेखी विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरेर वितरण गरिन्छ । अस्पतालका अनुसार अप्रेसन कक्ष भएकोले पोखराबाट चिकित्सक मगाएर उपचार प्रदान गरिने भएको छ । अस्पताल १५ बेड क्षमताको रहेको छ । चार जना डाक्टर, पाँच जान एचए (स्वास्थ्य सहायक) र एक जना विशेषज्ञ चिकित्सकले अस्पतालबाट विरामीको उपचारको व्यवस्था मिलाईएको छ ।
Show More

Related Articles

Back to top button