समाचार

मनाइयो अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

‘घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने मुल नाराका साथ बिहिबार दमौलीमा २९औं अन्तर्रास्ट्रिय अपांगता दिवस मनाइएको छ । राष्ट्रिय  मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्र कान्त चापागाईं प्रमुख अतिथी रहेको सो कार्यक्रम को अध्यक्षता व्यास नगर पालिका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले गरेको सो कार्यक्रममा व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, नेपाल रेडक्रस सोसाइटी तनहुँका कोषाध्यक्ष हरिशरण पण्डित, नेत्रहीन संघ तनहुँका अध्यक्ष कृष्ण प्रसाद अधिकारी , व्यास न पा १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठ , रिसेड तनहुँका अभियन्ता मदन पौडेल, राधा आचार्य, दामोदर रेग्मी अपाङ्गता सम्बन्धी बिभिन्न क्षेत्रमा आआफ्ना बिचार व्यक्त गरेका थिए ।

सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button