हेडलाईनसमाचारशिक्षाAll

सतिश बोडिङ स्कुलका विद्यालयमा सेल पकाउदै, टपरी बुन्ने सीप सिक्दै विद्यार्थी

दमौली खबर संवाददाता
कार्तिक ६ ।
व्यास नगरपालिका १० डिही गाउँमा रहेको सतिस अंग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीलाई प्रयोगात्मक सिकाई स्वरुप रोटी पकाउन र टपरी बुन्न सिकाएको छ । नयाँ पुस्तालाई पुराना नेपाली  सीप र संस्कृतिकोबारे व्यावहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिन थालेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक दिर्घबहादुर दरैले नेपाली संस्कृतिमा आधारित सिप र महत्व विद्यालयबाट नै सिकाउन प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले विशेष गरि छात्राहरुलाई तिहार पर्वमा रोटी पकाउने  र सालको पातको टपरीमा राखेर खाने नेपाली सस्कृतिबारे जानकारी दिने प्रयोगात्मक विधिलाई जोड दिएको बताउनुभयो । गत दशैमा समेत दशैको महत्व र दशैमा हुने सांस्कृतिक क्रियाकलापहरुलाई ब्यवहारिक रुपमा सिकाइएको बताउनुभयो ।
विद्यालयमा शिक्षक शिक्षिकासँगै यस्ता क्रियाकलापहरु सिक्ने सके विद्यालयको सिकाई दिगो बन्ने दरैको बुझाई छ । ‘किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले तालिम प्रदान गरेका हौं’ प्रधानाध्यापक दरैले भन्नुभयो ।
पछिल्लो समय विद्यार्थीलाई व्यहारिक शिक्षा सिकाउन विद्यालयहरुले विभिन्न किसिमको पहल गर्दै आएको पाईन्छ । तनहुँका दमौलीमा रहेको निर्मल माध्यामिक विद्यालय र शुक्लागण्डकी नगरपालिकामा रहेको ज्ञान बगैचा अंग्रेजी विद्यालयले यस्ता क्रियाकलापलाई विगत देखि नै प्राथमिकता दिदै आएको थियो । विद्यालयका ९० जना विद्यार्थीले रुची पूर्वक अभ्यास गरेका थिए ।
Show More

Related Articles

Back to top button