समाचारAll

मेलमिलाप कृषि सहकारीको अधिवेशन सुरु

दमौली खबर  संवाददाता
व्यास २ दमौलीमा रहेको मेलमिलाप कृषि सहकारी संस्थाको हाम्रो पूँजी हाम्रो लगानी, भविष्यको सुखमय जिन्दगानी भन्ने मुल नाराका साथ चौथो अधिवेशन एवं ११ औँ बार्षिक साधारणसभा शनिबार सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठले सहकारीले कृषि क्षेत्रको विकासमा लगानी गरी आयआर्जनमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो  । संस्थाका अध्यक्ष चुडामणी दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सेयर सदस्य अशोक कुमार श्रेष्ठ, राष्ट्रिय दुग्ध विका संस्था उपाध्यक्ष अम्मरबहादुर कुँवर, राष्ट्रिय सहकारी बैक दमौली शाखाका प्रमुख उपेन्द्र दाहाल, ,व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष शिवलाल पन्थ , वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले पूर्व अध्यक्ष माधव प्रसाद अधिकारी लगायतले आफ्नो  मन्तव्य राखेको कार्यक्रममा प्रम कुमार श्रेष्ठले सचिवको, लक्ष्मी मल्लले कोषाध्यक्षको र हरिशरण खनालले ऋण समितिको प्रतिवेदन पेस गेको उक्त कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष कृष्णचन्द्र पाण्डले गर्नु भएको थियो । अधिवेशनमा नयाँ कार्य समिति चयन गर्न बाँकी रहेको छ ।
Show More

Related Articles

Back to top button