समाचारविचारUncategorized

गरिब, दुखिको साहेता जुटाउने माध्यम बन्यो सामाजिक सञ्जाल

सामाजिक सञ्जालबाट भएका अपराधिक घटनाहरु बेला बेलामा बाहिर आइरहन्छन् तर पछिल्लो समय सामाजिक सञ्जालबाट नै धेरै मानिसले सहायता पाएका छन् । सामाजिक सञ्जालबारे निश्चित सीमा नहुनेहुदाँ नकारात्मक कुरा चाँडो फैलि ने गरेको कुराहरु बाहिर आइरहेका हुन्छन् । तर सामाजिक सञ्जालका माध्यमबाट उपयोग गरेमा राम्रो काम पनि धेरै हुने गर्दछ । त्यसैको उदाहरण हो, व्यास ११ की पाँच वर्षीया निर्मला चेपाङ । उनको शरीरमा तातो पानी खनियो । तातो पानीले उनको शरीर जलेर घाईते भईन् ।

प्राथमिक उपचारको लागि निर्मलालाई दमौली अस्पताल लगियो । अस्पतालले सामान्य उपचार गरेर पोखरा लैजान भन्यो । तर मजदुरी गदै आएका उनको परिवारले आर्थिक अभावका कारण पोखरा लगेर उपचार गर्न पाएनन् । दैनिक मजदुरी गरी कमाएको पैसाले ६ जनाको परिवार धान्न धौ धौ परेको गणेशमान चेपाङलाई आफनो छोरीलाई राम्रो उपचार दिन सक्ने अवस्था थिए । त्यसपछि विनोद रखाली मगरको जोडी र सञ्चारकर्मी अन्जु दाहालको नेतृत्वमा सहयोग गर्नका लागि अभियान सुरु भयो । उनिहरुले आफनो सामाजिक सञ्जालको माध्यम बाट सबै सँग निर्मला बचाउ अभियानको लागि सहयोगको अपिल गरे । त्यस लगतै विभिन्न माध्यम बाट निर्मलाको लागि सहयोग रकम संकलन भयो ।

निर्मलालाई पोखरा लगेर उपचार गरियो । पोखरामा पनि अन्य जिल्लाका विभिन्न संघ संस्थाले अस्पतालमै पुगेर निर्मलाको उपचारको लागि सहयोग गरे । उनको उपचार खर्चको लागि एक लाख ३३ हजार भन्दा बढी रकम संकलन भएको निर्मला बचाउ अभियानकी सञ्चारकर्मी दाहालले बताईन् । उनको उपचारको लागि ६० हजार खर्च भएको बताईएको छ । उनले भनिन्,‘थोरै समयमा सामाजिक सञ्जालको माध्यम बाट धेरै रकम संकलन गर्न सकियो । ’ उनले थपिन्,‘ उपचार गर्न आवश्यक भन्दा धेरै रकम संकलन भएको यिथो, बाँकी रकम उनकको पढाईको लागि भनेर अभिभावकको जिम्मा लगाईयो । ’अहिले निर्मला पूर्णमा ठिक रहेको उनले जानकारी दिईन् । निर्मला मात्र होईन बन्दिपूर गाँउपालिका वडा नं २ आरथुम्काकी मनिसरा भुजेललाई समाजिक सञ्जालले सहयोग पुराएको छ । आर्थीक अभावको कारण गोठमा बास बस्न बाध्य भुजेललाई लायान्स क्लब अफ पोखरा पिपलचौतारीले घर निर्माण गरिदिने भएको छ । आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहँुकी अध्यक्ष बसुन्धरा घर्तीले आफनो फेसबुक मार्फत भुजेको सहयोगको लागि अपिल गरेकी थिईन् । उनले भनिन्,‘भदौ २० गते काम विशेषले उक्त ठाँउमा पुगेको थिए, भुजेलको अवस्था देखेपछि फेसबुकमा फोटो राखेर सहयोगको अपिल गरको थियो । ’ उनले थपिन्‘त्यसपछि क्लबले उहाँहरुको बारेमा सोधखोज गरि सहयोग गर्न पुग्नु भएको थियो । ’

पछिल्लो समय सामाजिक सञ्जालले गरिब , दुखिको साहेता जुटाउने माध्यम बनेको । मृगौला पिडित, क्यान्सर पिडित लगायतका बिरामीहरुलाई सामाजिक सञ्चालले सहयोग उठाउने माध्यम बनेको छ । दमौलीका पत्रकार कृष्ण न्यौपानेले सहयोग अपिल गरिएको समचार लेख्दा देश विदेश बाट सहयोग आउने गरेको बताए । उनले भने,‘आर्थीक अभावका कारण उपचार गर्न नपाएकाहरुको लागि सहयोग अपिल गरिएको समाचारको माध्यम बाट सामाजिक सञ्जालमा राख्छु, अनि समचार देखेर देश विदेशबाट सहयोग गर्छु भन्दै सम्र्पक गनुहुन्छ । ’ उनले थपे, ‘ कहिले म आफै पुगेर सहयोग रकम हस्तान्तरण गर्छु भने कहिलेसहयोगदाताहरु आफै पुगेर सहयोग गर्नुहुन्छ । ’

Show More

Related Articles

Back to top button