सम्पादकीयAll

निर्वाचनको महाअभियानमा सहभागी बनौ

दमौली खबर संवाददाता
लोकतन्त्रमा आवधिक निर्वाचनको ठुलो महत्व हुन्छ । जनताले आफूलाई शासन गर्ने नेता छान्ने भएकोले यसको विशेष महत्व छ । लोकतन्त्रमा सबैभन्दा माथि जनता हुन्छन् । जनताले नै नेता चयन गर्छन् । निर्वाचनमा सबैजना सहभागी हुनुपर्दछ । यदी हामीले सहभागी हुन सकेनौं भने गलत मान्छेले चुनाव जित्न सक्छ । असल मान्छे छान्नबाट चुक्न हुँदैन । निर्वाचनमा सहभागी भएर आफ्नो नेता आफै छानौं । निर्वाचन आयोगले पनि मिति नजिएसँगै तयारी तिब्र पारिरहेको छ । जिल्ला जिल्लामा प्रशिक्षण धमाधम दिईरहेको छ । यस क्रममा
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक अधिकृतलाई पाल्पामा अभिमुखीकरण तालिम दिइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन अभिमुखीकरण कार्यक्रमले टेवा पुग्दछ । आम निर्वाचन पारदर्शी र सन्तुलित बनाउनु खाँचो छ । । मतदान अधिकृतहरूलाई व्यवहारिक र सैद्धान्तिक विषयमा जानकारी लिन तालिमले टेवा पुग्दछ ।  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनसम्बन्धी ऐन कानुन, निर्वाचन पूर्वको अवस्था, मतदान केन्द्रमा आइपर्ने समस्याहरू, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझे पश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा ज्ञान लिन जरुरी छ  । यस्तो ज्ञान राम्रोसँग प्रदान गर्नुपर्दछ ।

Show More

Related Articles

Back to top button