दमौली बासीद्वारा पृथ्वीराजमार्गमा अन्डरपास निर्माण गर्न प्रधानमन्त्रीलाई निवेदन
तनहुँ, व्यास – पृथ्वीराजमार्गको स्तर उन्नति भएसँगै दमौली क्षेत्र सुरक्षित आवागमनको दृष्टिले उच्च जोखिमपूर्ण बनेको भन्दै यहाँका स्थानीयवासीहरूको तर्फ बाट दीपक। राज जोशले निवेदन दिएका छन्।
व्यास–२ दमौली बजारका दीपक राज जोशीसहित नगरवासीहरूको तर्फबाट प्रधानमन्त्रीलाई बुझाइएको निवेदनमा दमौली क्षेत्रमा अन्डरपास (underpass highway) को तत्काल निर्माण अपरिहार्य भएको उल्लेख गरिएको छ।
निवेदनमा भनिएको छ, “सडक निर्माणको प्रारम्भिक चरणमै अन्डरपासको व्यवस्था गरिएको भए न्यूनतम लागतमै काम सम्पन्न हुने थियो। तर अझै ढिलो भएको छैन, छिटोभन्दा छिटो अन्डरपास निर्माण गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।”
दमौली क्षेत्र पृथ्वीराजमार्गको महत्वपूर्ण खण्ड भएको र यहाँ दैनिक हजारौं सवारी साधन ओहोरदोहोर गर्ने भएकाले पैदलयात्रीलाई बाटो काट्न निकै जोखिमपूर्ण रहेको स्थानीयवासीहरूको तर्क छ।
सो निवेदनको बोधार्थ प्रतिलिपि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समेत पठाइएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार,
सिंहदरबार, काठमाडौं ।
विषय: दमौलीस्थित पृथ्वीराजमार्गमा अन्डरपास निर्माणको लागि अनुरोध।
श्रीमान,
दमौली हुँदै जाने पृथ्वीराजमार्गको स्तर उन्नति भइसकेपछि यहाँका स्थानीयवासीहरूको दैनिक आवतजावतमा सुरक्षा गम्भीर चुनौती बनेको छ। सडकको संरचना चौडा र तीव्र गतिमा संचालन हुने भएकाले पैदलयात्री तथा सर्वसाधारणलाई बाटो काट्न निकै जोखिम बढेको छ।
यस अवस्थामा दमौली क्षेत्रका बासिन्दाहरूका लागि सुरक्षित आवागमन सुनिश्चित गर्न अन्डरपास (underpass highway) को तत्काल निर्माण अपरिहार्य भएको प्रष्ट देखिएको छ।
सडक निर्माणको प्रारम्भिक चरणमै अन्डरपासको व्यवस्था गरिदिएको भए न्यूनतम लागतमै काम सम्पन्न हुन सक्थ्यो। यद्यपि, अझै पनि ढिलो भएको छैन। दमौली बासीहरूको जीवन र सुरक्षाको प्राथमिकतालाई मध्यनजर राखी छिटोभन्दा छिटो अन्डरपास निर्माण गरी यहाँ हुने सम्भावित दुर्घटना न्यूनिकरण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।
तसर्थ, दमौली नगरवासीहरूको सामूहिक मागलाई सम्बोधन गर्दै पृथ्वीराजमार्ग अन्तर्गत दमौली क्षेत्रमा अन्डरपास निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्नहार्दिक अनुरोध गर्दछौं।
सधन्यवाद।
निवेदक:
दमौली नगरवासीहरूको तर्फबाट
दीपक राज जोशी
व्यास २, दमौली बजार, तनहुँ
गण्डकी प्रदेश
फोन: ९८५१२३४७२५
बोधार्थ:
१. माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यू, नेपाल सरकार, सिंहदरबार, काठमाडौं

