हेडलाईनसमाचार

सत्यवती वाग्लेले जितिन् साईनिङ स्टारको उपाधि

दमौली खबर संवाददाता
दमौली, असार २४ । व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्ययरत साक्षी वाग्ले व्यास नगर साइनिङ स्टार २०२२ विजयी हुनु भएको छ । प्रतिष्पर्धी २१ जनालाई पछि पार्दै वाग्ले विजयी हुनु भएको हो  । दमौली पार्टी प्यालेसमा शनिबार मध्यरात सम्पन्न प्रतिष्पर्धाको ग्राण्ड फिनालेमा विजयी साक्षी आठौं सिजनको ताज पहिरिन सफल हुनु भयो । उहाँलाई सन् २०१९ की विजेता साराह श्रेष्ठले ताज पहिराउनुभयो । प्रतियोगितामा सत्यवतीकै छात्रा सुश्रिना थापा फस्र्ट रनर अप हुनुभयो । प्रतियोगितामा सेकेण्ड रनर अप दिलासा श्रेष्ठ घोषित हुनु भयो । जेसिआई व्यास नगरको आयोजनामा सञ्चालित प्रतियोगिताका विजेतालाई व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने तथा क्लबका अध्यक्ष कृष्ण सुनारले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा विजेतालाई ताजसँगै नगद २५ हजार, फस्र्ट रनर अपलाई १५ हजार तथा सेकेण्ड रनर अपलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताकी विजेता साक्षीले ताज र नगद पुरस्कारसँगै बेस्ट प्रोजेक्ट वर्क, फस्र्ट रनर अप सुश्रिनाले बेस्ट ट्यालेण्ट तथा सेकेण्ड रनर अप दिलासाले बेस्ट स्माइल अवार्ड प्राप्त गर्नुभयो । यसैगरी, शिस्टा वंशी ठकुरीले बेस्ट र्याम्प वाक, शुभलक्ष्मी श्रेष्ठले बेस्ट कन्ट्रिव्युसन, प्रजिता श्रेष्ठले भ्युअर च्वाइस, स्तुती पोखरेलले मस्ट डिसिप्लिन्ड, सिमोन गौतमले बेस्ट ड्रेस, बिमर्श श्रेष्ठले बेस्ट पर्शनालिटी तथा मीनाक्षी बस्नेतले फोटोजेनिक अवार्ड पाउनुभयो । कार्यक्रममा नगर प्रमुख न्यौपानेले बाल प्रतिभाको कदर गर्ने यस्ता कार्यक्रमको निरन्तरताका लागि क्लबलाई धन्यवाद दिंदै निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएको । क्लबका अध्यक्ष कृष्ण सुनारले नगर क्षेत्रका बालबालिकाको नेतृत्व क्षमता विकासका लागि क्लबले मञ्च प्रदान गर्दै आइरहेको बताउनुभयो ।
Show More

Related Articles

Back to top button