समाचार

इलाका प्रशासन कार्यालय थप गर्न पहल गरौं

     तनहुँका केन्द्रीय राजनीतिमा राम्रो पकट छ । अझ सत्तारुढ दलहरुका झन् ठुलो पहुँच छ केन्द्रीय राजनीतिमा । केन्द्रीय राजनीतिमा बलियो पकट भएपनि तनहुँको समस्या समाधानको लागि भने पहल भएको देखिदैन । जिल्ला प्रशासन कार्यालय तनहुँमा आएका सेवाग्राहीले घटौं पालो कुर्नु पर्ने बाध्यता रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् तर यसको समाधानको लागि राजनीतिक दलले पहलकदमी गरेको देखिदैन । कर्मचारी थोरै हुँदा काम ढिलो हुने गरेकाले कार्यालयको परिसरमा सेवाग्राहीको भिडले भरिने गरेको छ । हाल सबै भन्दा धेरै राहदानी बनाउने सेवाग्राही आउने गरेका छन् । राहदानीको एक सय जनाको सेवा पु¥याउने सक्ने क्षमता भएपनि हाल दुई सय जना भन्दा धेरै आउने गरेकोले कर्मचारीलाई काम गर्न कठिन हुनु स्वभाविक पनि हो । तनहुँको पूर्व र पश्चिममा गरी दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृहमन्त्रालयलाई पत्रचार भएकोमा त्यो कार्यान्वयमा आएको छैन । नेताहरु कार्यान्वयनमा चासो दिनु पर्ने आवश्यकता देखिएको छ ।  चालु आर्थिक वर्ष भित्र नै एक इलाका प्रशासन कार्यालय थप गर्ने कार्य अघि बढी सकेको गैरेले जानकारी दिनुभयो । कर्मचारी नहुँदा झेल्नु परेको समस्याका विषयमा गृहमन्त्रालय र विभागमा जानकारी गराएर समाधान गर्नुपर्दछ । वर्षौ अगाडि कायम गरिएको ३० जना मात्रै कार्यरत कर्मचारले काम थेग्न सक्ने अवस्था नै छैन । । पहिलेको जनसंख्या अनुसार दरबन्दी कायम भएपनि अहिले जनसङ्ख्या दोब्बर हुँदा समेत उही दरबन्दी हुँदा काम गर्न समस्या भएकोले त्यसको तुरुन्त सम्बोधन गर्नुपर्दछ ।
Show More

Related Articles

Back to top button