समाचारकोरोनाभाइरस

कोरोना विरुद्धको लडाइँ ः ‘कोभिशिल्ड’ खोप लगाउन सुरु

नेपालमा बुधबारदेखि कोभिड –१९ (कोरोनाभाइरस) विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरू गरिएको छ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे टेकु अस्पतालबाट एक कार्यक्रम गरि सुरु गरेका छन् । यसैबीच तनहँुको दमौली अस्पतालमा पनि कोभिड–१९ विरुद्धको पहिलो चरण खोप अभियान सुरु गरिएको छ । पहिलो खोप स्वास्थ्य कार्यालय तनहँुका स्वास्थ्यकर्मी विरेन्द्रकुमार चौधरीले लगाएका छन् । खोप लगाएपछि आफुमा तत्काल कुनैपनि नकरात्मक असर नेदेखिएको उनले बताए ।

उनले भने,‘खोप लगाएको पाँच मिनेटमा तत्काल कुनै नकरात्मक असर देखाउनु पर्ने हो तर १० मिनेट सम्म कुनै नकरात्मक असर परेको महशुस भएको छैन । खोप सुरक्षीत छ, त्यस्तो डर मान्नु पर्ने जस्तो मलाई लागेन ।’ खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । चौधरीले भने, ‘खोप लगाएपछि सुरक्षति स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ ।’ महिला तर्फबाट म्याग्दे गाँउपालिकाकी स्वास्थ्यकर्मी पावर्ती श्रेष्ठले पनि खोप लगाईन् । खोप अभियानको शुभारम्भमा पुगेका प्रमुख जिल्ला अधिकारी सागर आर्चायले पहिलो चरणमा माघ १९ गते भित्र जिल्ला भरिका प्राथमिकतामा परेका सबैलाई खोप लगाई सकिने बताए ।

खोप लिने व्यक्तिलाई आधा घण्टा चिकित्सकको निगरानीमा राखीने समेत बताए । उनले भने, ‘प्राथमिकतामा परेका सबैलाई खोप लगाउन सुरु गरिएको छ । खोप लगाएपछि केही असर देखिएमा तत्काललै प्रदेश सरकारको समन्वयमा उपचारको व्यवस्था मिलाईएको छ ।’ पहिलो चरणको खोप लगाईसकेकालाई एक महिनापछि पुनः खोप लगाईने स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शङखरबाबु अधिकारीले बताए । उनले भने,‘खोप लगाएकाबाट प्रतिक्रिया लिदाँ कुनै असर देखिएको छैन । खोप प्रभावकारी छ ।’ माघ १८ गतेभित्र जिल्लाका दशैवटा स्थानिय तहका एक हजार ६ सय ७९ जनालाई खोप केन्द्रमार्फत खोप प्रदान गरिने बताइएको छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।

खोप लगाउनको लागि तालिका समेत बनाईएको छ । व्यासका पाँच सय ५८, म्याग्देका ८२ र ऋषिङका ९८ जनालाई माघ १४ र १५ गते खोप लगाई भएको छ । शुक्लागण्डकीका दुई सय ६७, भिमादका एक सय ७७, घिरिङका ६१ जनालाई माघ १६ र १७ गते खोप लगाईने छ । माघ १८ र १९ मा भानुका एक सय ७१, आँबुखैरेनीका ७३, बन्दीपूरका एक सय ५ र देवघाटका ८७ जनालाई खोप लगाईने छ ।

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई खोप दिइने छ । प्रदेश सरकारले तनहँु जिल्लाको लागि पठाएको १ हजार ९ सय ९० डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन मंगलबार पठाएको थियो ।

Show More

Related Articles

Back to top button