समाचार

वीपी विचार समाजद्धारा नेता पौडेलको स्वास्थ्य लाभको कामना

वीपी विचार समाज तनहँुले नेपाली काँगे्रसका क्षेत्रीय प्रतिनिधि ईन्द्रप्रसाद पौडेलको स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । विपि विचार समाजका क्षेत्रीय सभापति समेत रहेका पौडेल केही अघि देखि निमोनियाको समस्याले पोखरा स्थित आशा हस्पिटलमा उपचारत थिए । थप उपचारको लागि उनलाई हेलिकप्टर मार्फत काठमान्डौंको के.याम.सी हस्पिटलको इमर्जेन्सी कक्षमा भर्ना गई उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा सुधार नदेखिएपछि नेपाली काँगे्रसका पूर्वसह महामन्त्री एवंम् विपि विचार राष्ट्रिय समाजका सह सभापति गोविन्दराज जोशीको विशेष पहलमा हेलिकप्टर मार्फत काठमान्डौं लगिएको हो । पौडेल नेपाल रेडक्रस सोसाईटी तनहँु जिल्ला शाखाका उपमन्त्री समेत रहेका छन् । यसैबीच रेडक्रस सोसाइटी तनहँुले जिल्ला शाखाले पनि पौडेको स्वास्थ्य लाभको कामना व्यक्त गरेको शाखाकी मन्त्री चिनु पोख्ररेलले जानकारी दिईन् ।

Show More

Related Articles

Back to top button