हेडलाईनसमाचार

विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी धुमधाम मनाइयो

दमौली खबर संवाददाता
दमौली ।
तनहुँको विभिन्न स्थानमा विविध कार्यक्रम गरी मंगलबार २८ औँ विश्व आदिवासी मनाईएको छ । जिल्लाका सबै स्थानीय तहमा दिवसको उपलक्ष्यम विविध कार्यक्रम गरी मनाईएको हो । व्यास नगरपालिकाको सहयोग नेपाल आदिवासी जिल्ला समन्वय समिति तनहुँको आयोजनामा सदरमुकाम दमौली कार्यक्रम गरिएको छ । सो अवसरमा मगर, गुरुङ, नेवार, भुजेल, तामाङ, चेपाङ, कुमाल समुदायका विभिन्न सास्कृति झाँकीहरु प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा नेवारको कुमारी नाच, मगरको कौराहा र झ्याउरे, तामाङको तामाङ सेलो र भुजेल समुदायको चुट्का लगायतको प्रस्तुतिले रौनकता प्रदान गरेको थियो । आफुहरुको पहिचानको मुद्धालाई मुख्य विषय बनाएर आन्दोलित रहेको विश्वभरिका आदिवासी समुदायाले स्थान विशेष कार्यक्रम सहित यो दिवस मनाएका थिए । तनहुँको शुक्लागण्डकी नगरपालिकाका भित्र रहेको विभिन्न सात समुदायले सामुहिक रुपमा सांस्कृतिक कार्यक्रम सहित दुलेगौंडामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने नाराका साथ यो बर्ष नेपालका आदिवासी समुदायले दिवस मनाइएका हुन् । शुक्लागण्डकीमा। दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिका सहित जिल्लाका अधिकाँश स्थानीय तहले स्थानीय विदा घोषणा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सार्वजनिक विदा दिएर आदिवासी जनजातिको सम्मानको सुरुवात गरिएको बताउनुभयो  । उहाँले विदा दिएर मात्र सम्मान नहुने भन्दै आदिवासी जनजाति समुदायलाई आय र समृद्धिसंग जोड्न सके मात्र वास्तविक संरक्षण र सम्मान हुने बताउनुभयो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजुले आदीबासीको संस्कृति पहिचान भएकाले जोगाउन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय विकासमा लाग्न सवै समुदायलाई आग्रह गर्दै भौतिक रुपमा देखिएका विकासले समृद्ध समाज बन्न नसक्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति परिषद्, शुक्लागण्डकीका अध्यक्ष विमल जि.सी आफुहरु बर्षौदेखि पहिचान संरक्षणका मुद्धामा आन्दोलित रहेको भन्दै आफुहरुमा माग सम्वोधन हुनुपर्ने माग गर्नुभयो । जिसीको अध्यक्षता भएको कार्यक्रममा शुक्लागण्डकीका संस्थापक नगर प्रमुख किसान गुरुङ, प्रमुख प्रशासकिय अधिकृत लिलावल्लभ न्यौपाने, परिषद्का सल्लाहकार खिमबहादुर कुमाल, परिषद्का जिल्ला उपाध्यक्ष सुजित हिराचन लगायतले आदीबासी समुदायमा रहेको सास्कृतिक पक्षलाई आम्दानीसँग जोडेर प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा शुक्लागण्डकी ५ का वडाध्यक्ष दिर्घबहादुर थापा, वडा नं ७ का वडाध्यक्ष एवं मगर संघ तनहुँका उपाध्यक्ष खड्क सिं थापा मगर, मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमरराज थापा मगर, नेवार समाज शुक्लागण्डकीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, समन्वय परिषद् सदस्य तुलसी कुमारी श्रेष्ठ, सचिव सुमन आले लगायतले बोलेका थिए । उनीहरुलले आदिवासी जनजातिको कला, संस्कृति र रहनसहन राज्य पनि सम्पत्ति भएकाले यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउँदै पर्यटकलाई आकर्षण गरी आय बढाउनु पर्नेमा जोड दिनुभयो ।
Show More

Related Articles

Back to top button