तनहुँमा विभिन्न मुद्धाका ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिएको तनहुँ प्रहरीले आईतबार उक्त संख्यामा पक्राउ गरेको जनाएको छ । प्रहरीले १२ बर्षदेखी फरार रहेकालाई पनि पक्रिएको हो । नाता कायम मुद्धा र सम्बन्ध विच्छेद मुद्धाका फरार प्रतिवादी ३÷३ जना, बहुविवाह, सवारी ज्यान र कुटपिट मुद्धाका १÷१ जना गरी ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई कैद र जरिवाना भुक्तानका लागी अदालत पेश गरीएको उनले बताए । तिमिल्सिनाका अनुसार उनीहरुबाट १ बर्ष ५ महिना ९ दिन कैद र १२ हजार १ सय ७५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो ।
Related Articles
भानु जयन्तीको शु्भकामना
July 22, 2022
चापाघाटमा टयाक्टर दुर्घटनामा चालकको मृत्यु
November 6, 2022
Check Also
Close
-
तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी होः नेता जोशी
November 6, 2022