सम्पादकीयAll

कुलमानको जस्तै छलाङ मार्नु आवश्यक

धेरै नेपालीको मन,मतिष्कमा बसेको नाम हो कुलमान घिसिङ । उहाँको सतकर्मबाट नेपाल लोडसेडिङ्ग मुक्त बन्यो । उहाँले नेतृत्व लिएपछि नेपाल विद्युत प्राधिकरले उर्जा उत्पादनमा छलाङ मारेको छ भने यस क्षेत्रका भ्रष्ट्राचार र विकृति र विसंतीको अन्य भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बने देखि जुन स्तर तिब्र प्रगति भयो देशको अन्य क्षेत्रमा पनि यस्तै प्रगति गर्ने भने समृद्ध नेपाल बनाउन सहयोग पुग्ने थियो । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँ हाइड्रो पावर लिमिटेडलाई समयमा नै काम पुरा गर्न निर्देशन दिएको छ । स्थलगत निरीक्षण गरेर सो निर्देशन दिएपछि काममा कुनै कमी नआउने अपेक्षा गरिएको । मुहान धमिलो नभएकाले तल धमिलो बनाउन कठिन हुन्छ । मुहान जस्तै सफा बनाउन नैतिक दबाब पर्दछ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध,भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो । टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल हुनु खुसीको कुरा हो । निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएसँगै जिल्लावासी खुसी भएका छन् ।

Show More

Related Articles

Back to top button