समाचार

महिला उद्यमीलाई चुनौतीको चाङ

तुलसी शाहले मैनबत्ती र धुप बनाउन थालेको ८ आठ वर्ष बित्यो । उनले जिल्लाको दुलेगौँडामा संसार मैनबत्ती धुप उद्योग सञ्चालन गरेकी छन् । होटल सञ्चालन गरेकी शाहले त्यताको व्यवसायलाई माया मारेर १० हजार रुपैयाँमा खोलेको उद्योगमा अहिले ५ जनाले रोजगारी समेत पाएका छन् । थोरै लगानी खुलेको उद्योग सञ्चालनमा झण्डै दशकको समयमसम्म निकै संघर्ष गर्नु परेको छ ।

धुप उद्योग खोल्न उनले पहिलाको व्यवसाय खारेज गर्ने सोच राखिन् । भाडामा लिएर चलाएको होटल उनले दर्ता खारेज गर्न उनले घरेलु कार्यालय धेरै धाइन । उद्योग सञ्चालनमा ल्याएपछि उनलाई कच्चा पदार्थको जोहोले पिरोल्नुसम्म पिरोल्थ्यो । उनले भनिन्, ‘निकै संघर्ष गरेर उद्योग सञ्चालनमा ल्याए । तर, कच्चा पदार्थ पाउन मुस्किल भयो । ’ जसोतसो कच्चा पदार्थको जोहो गरे उत्पादन भएका बस्तुले बजार नपाएको पनि अनुभव संगालेकी छन् शाहले ।

घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँले आयोजना गरेको महिला उद्यमीहरुको वर्तमान अवस्था, समस्या र चुनौती बिषयक अन्तरक्रियामा उनले आफ्ना संघर्ष, सकस र सफलताका कथा मंगलबार सुनाईन् ।

भिमाद बजारकी धनमाया रानाको पनि उद्यमको यात्रामा चुनौतीको चाङ थियो । तर, आजकाल उनी एक सफल महिला उद्यमीको रुपम दरिएकी छन् । उनले भिमादमा दालमोठ र अचार उद्योग सञ्चालन गर्दै आएकी छन् । सुरुवातमा उनले उद्योग सञ्चालन गर्न ऋण माग्दै धेरैतिर भौतारिनु परेको सम्झदा मन अमिलो बन्छ । सरकारले महिला उद्यमीलाई बिना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने प्रावधान ल्याएपनि ऋण पाउन निकै पापड बेल्नुपर्नेमा उनको दुखेसो छ । उनले भनिन्, ‘सरकारले बिना धितो महिला उद्यमका लागी ऋण दिने भनेपनि धितो नराखी ऋण नै पाईदैन । त्यतातिर राज्यपक्षको ध्यान जान आवश्यक देखिन्छ।’ उनले अगाडी थपिन्,‘ऋण लिनलाई वित्तिय संस्थाले जग्गा धितो राख्नु भन्छ । जग्गा नै नभए कसरी धितो राख्नु ?’

कार्यक्रममा सहभागी महिला उद्यमीले ऋण पाउने मुस्किल हुने गरेको सुनाए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी महिला विकास अधिकृत रमा अधिकारी पौडेलले आवश्यक कागजात र प्रक्रिया पुरा भएपछि महिला उद्यमीले सहजै बिना धितो ऋण पाउने गरेको दाबी गरिन् । उनले भनिन्, ‘सरकारले व्यवस्था गरेको महिला उद्यमीलाई बिना धितो ऋण आवश्यक प्रक्रिया पूरा भएपछि सजिलै पाईन्छ ।’उनले महिलालाई हरेक क्षेत्रमा चुनौती बताउदै त्यसमा अवसरमा पनि खोज्न आग्रह गरिन् ।

घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायण प्रसाद ढकालले व्यवसाय सञ्चालन गर्नु पहिला दर्ता अनिवार्य गर्नुपर्ने बताए । व्यवसाय दर्ता भएमा सबै खाले अवसर पाउने बताए । आयोजक संस्थाकी अध्यक्ष कल्पना गौलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष बसुन्धरा घर्तीले गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button