हेडलाईनसमाचारAll

आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको बिरोधमा नेपाली कांग्रेसले देशभर आज विरोध प्रदर्शन गर्दैछ । विवादको केन्द्रबिन्दु तनहुँमा पनि गाउँ–गाउँबाट नेता कार्यकर्ता दमौली उतारेर विरोध प्रदर्शन गर्ने तयारी छ ।

तनहुँमा हुने विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल आउने कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले बताए । १० हजार बढी नेता कार्यकर्तालाई दमौली उतार्ने उनको दाबी छ ।

महाधिवेशन केन्द्रित आन्तरिक विवादमा फसीरहेको बेला कांग्रेस नेता पौडेल माथी मंसिर १७ गते दुई बर्ष अगावै बनेको पुल उद्घाटनको बेला प्रहरीले नियन्त्रणमा लिएको घटनाले एकै ठाउँमा उभ्याउन सफल भएको छ । कांग्रेसका केन्द्रिय नेता विवाद छाडेर सरकारको बिरोध लागी परेका छन् ।

अघिल्लो दिन पुल उद्घाटनमा असफल भएका पौडेलले भोलिपल्ट मंसिर १८ मा केन्द्रिय सदस्य सहित हजारौँ कार्यकर्ता सदरमुकाम दमौली उतारेर शक्ति प्रदर्शन गर्दै उद्घाटन गरेका थिए ।त्यस्तै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आईतबार देशैभर सिट्ठी जुलुस निकालेको छ । सोमबार कांग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रदर्शनको पुर्व सन्ध्यानमा आइतबार साँझ सिट्ठी जुलुस निकालिएको हो । दमौलीको बजार क्षेत्रमा नेविसंघले जुलुस निकालेको थियो । संकटको बेलामा सरकार केवल सत्तामा मात्र केन्द्रित भएकोले सरकारलाई ब्यूजाउन सिट्ठी फुकेको नेविसंघले जनाएको छ ।

Show More

Related Articles

Back to top button