दमौली खबर संवाददाता
दमौली, भदौ ३१
५९ ओैं अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा आदिकवि भानुभक्त माध्यमिक विद्यालयद्वारा अन्तर कक्षा वतृत्वकला प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा मनिता थापा (कक्षा ११ अंग्रेजी) प्रथम,, प्राश्ना खवास (कक्षा १२ विज्ञान द्वितीय, सजिना खनाल ( कक्षा ११ कानुन ) र शुष्मा दरै ( कक्षा ११ ब्यावस्थापन)तृतिय र दिना दरै ( कक्षा ११ ब्यावस्थापन सान्त्वना हुुनुभयो । विजयी विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष ऋषिराम ढुंगाना , आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख रामकुमार अधिकारी र विद्यालयका प्रअ चिरजिवी बस्नेतद्वारा संयुक्तरूपमा अविर र खादा , नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
