दमौली खबर संवाददाता
दमौली, वैशाख २३
ट्राफिक सम्बन्धि सचेतना जगाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यही वैशाख २५ गते देखि ट्राफिक सप्ताह सञ्चालन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन प्रमुख उद्देश्यले सप्ताह सञ्चालन गर्न लागिएको हो ।
साताव्यापी सचेतनामूलक कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले अनसन चौतारीमा सोमबार विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिनुभयो । ‘सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनिकरण गरौं भन्ने नाराका साथ ’ सचेतना कार्यक्रम गाउँ गाउँमा पु¥याउने ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । ट्राफिक सप्ताह गण्डकी प्रदेशको ११ वटै जिल्लामा एकै साथ सुरु हुने उहाले जानकारी दिनुभयो ।


