हेडलाईनसमाचार

नेता जोशीलाई चुनाव चिन्ह कैची जित्नेमा ढुक्क छु :उम्मेदवार जोशी

दमौली खबर संवाददाता
दमौली, असोज २७ । तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा गृहमन्त्री गोविन्दराज जोशी कैंची चुनाव चिह्न पाउनु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि असोज २३ गते भएको मनोयननमा आयोगले बुधबार निर्वाचन चिन्ह प्रदान गरेको हो । दलबाट उम्मेदवार बनेकाहरुलाई औपचारिक रुपमा दलकै चिन्ह र स्वतन्त्रहरुलाई दिइएको सूचीबाट छान्न लगाएको थियो । सूचिमा रहेको कैची चिन्ह नेता जोशीले छान्नु भएको थियो । गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि असोज २३ गते भएको मनोयननमा आयोगले बुधबार निर्वाचन चिन्ह प्रदान गरेको थियो । दलबाट उम्मेदवार बनेकाहरुलाई औपचारिक रुपमा दलकै चिन्ह र स्वतन्त्रहरुलाई दिइएको सूचीबाट छान्न लगाएको थियो । यसअघि स्थानीय तहको चुनावमा व्यास नगरपालिकाको नगर प्रमुख  उठेका जोशीका छोरा दीपकराज जोशीले कैंची चुनाब चिन्ह पाउनु भएको  थियो ।
     चुनाव चिन्ह पाए पछि नेता जोशी चुनाव जित्नेमा ढुक्क रहेको बताउनुभयो ‘‘अहिलेसम्म मेरो क्षेत्रमा मसँग प्रतिस्पर्धा गर्ने कोही पनि छैनन, त्यसकारण जित्नेमा म ढुक्क छु’’ नेता जोशीले भन्नुभयो । २०४८ सालमा चुनाव लड्दा २३ मत आफूले पाउँदा निकतम प्रतिद्धन्दीले ७ हजार मात्रै मत पाएको उल्लेख गर्दै नेता जोशीले फेरी पनि आफूले त्यस्तै किसिमको मत पाउनेमा विश्वस्त रहेको बताउनुभयो । ‘मैले राजनीतिक आग्रह र पूर्वाग्रह नराखी तनहुँको विकासको लागि मरिमेटेर लागे जनताले मलाई न्याय गर्नु हुनेछ, नेता जोशीले भन्नुभयो पूर्ण विराम लागेको तनहुँको विकासलाई चलायमान बनाउँछु । गठबन्धनको राजनीति पूर्णतया अप्रजातान्त्रिक र व्यक्तिको अधिकारलाई हनन गर्ने अगाडीले उम्मेदवारी दिएको उहाँको भनाई थियो । प्रत्येक नागरिकलाई आफ्नो इच्छा अनुसार मतदान गर्न पाउने पार्टीका कार्यकर्ताले पार्टीका उम्मेदवारलाई भोट दिन पाउनु पर्छ भनेर गठन केवल सिमिति व्यक्तिहरुको स्वार्थपूर्तिको लागि गरिएकोले गठबन्धनको राजनीतिलाई समाप्त गरी प्रजातन्त्रलाई पुर्नस्थापना गर्नुपर्छ भनेर उम्मेदवारी दिएको जोशीले बताउनुभयो । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेको यो क्षेत्रमा नेकपा एमालेले एकबहादुर राना मगर उम्मेदवार छन् ।
Show More

Related Articles

Back to top button