समयमा उपचार भएन भएन भने मानिसको ज्यानै जान सक्छ तर तनहुँको भानु नगरपालिका–५ सेवाबगैचा स्थित पुरनडीही अस्पतालले इमरजेन्सीमा भर्ना हुन आएका विरामीलाई उपचार नै नगरी फिर्ता पठाईएको छ । भानु नगरपालिका–४ तिलाहारका राजु विकलाई प्रेसर हानेर ढलेपछि स्टेचरमा बोकेर गाउँलेहरुले अस्पतालमा पु¥याएका थिए तर अस्पतालले विहान १० देखि ५ बजे सम्म मात्रै सेवा प्रदान गर्ने हो भनेर फिर्ता पठाएको कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चामा आईरहेको छ । स्थानीय सरकारमा जनप्रतिनिधीले कार्यकाल एक वर्ष पुरा हुन लाग्दा अस्पतालमा उपचारको व्यवस्था गर्न नसक्नु भानु नगरपालिका नेतृत्वको कमजोरी हो । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पवित्र स्थलमा विरामीलाई उपचार नै नगरी फिर्ता पठाउनुको घटनाको जति निन्दा गरेपनि कम हुन्छ । उक्त अस्पतालले सार्वजानिक विदा र कार्यालय समय बाहेक अन्य समयमा सेवा बन्द गरेको छ । अस्तालजस्तो संवेदनशिल क्षेत्रमा इमरजेन्सी सेवा नपाएपछि स्थानीय वासिन्दा आक्रोशित हुनु स्वभाविक हो । विरामीले उपचार नै नपाई फिर्ता जानु पर्ने अवस्था आएपछि विपन्न समुदायका नागरिक महङ्गो शुल्कमा निजी क्लिनिक तथा अस्पतालमा भर्ना गर्नुपर्दा मर्कामा परेका छन् यस प्रतिजनप्रतिनिधीहरु गंभिर हुनु पर्छ । पालिकाका जनप्रतिनिधी मात्रै नभई संघ तथा प्रदेशका सांसदले पनि ध्यान दिनु पर्दछ । नेताहरु उपचारको लागि विदेश जान्छन् तर आम सर्वसाधरणहरु सिटामोल पनि नपाएर तड्पिनु परेको छ । तुरुन्त जनशक्तिको व्यवस्था गर्न नसक्नु मूख्य गरेर नगर प्रमुखको ठुलो कमजोरी हो । नगरको पिता बनिसकेपछि नगरवासीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ध्यान नदिनु विडम्बना हो । तुरुन्त जनशक्ति थप गरेर सेवालाई प्रभावकारी बनाउनु आवश्यक छ ।
Related Articles
खैरेनीटारमा फागुन १८ देखि २९ गतेसम्म महोत्सव हुने
February 17, 2023
म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप
February 15, 2023
बागबजारमा आगलागी हुँदा तीन पसलमा क्षति
January 20, 2023
Check Also
Close
-
पौने तीन करोडमा निर्माण गरिएको रामायण भवन अलपत्र अवस्थामा
August 18, 2023
