तनहुँको व्यास नगरपालिकाले समता विद्यालय सञ्चालन गरेर पृथक अनुकरणीय काम गरेको छ । समता विद्यालय सञ्चालनमा ल्याएसँगै नगरपालिकामा रहेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई अध्ययनको लागि सहज भएको छ । त्यस्ता बालबालिकाको लागि नगरपालिकाले आवास, खाना, खाजा सुविधा सहितको सुविधा भएको समता विद्यालय सञ्चालनमा ल्याएर नौलो कार्य गरेको छ । शिक्षाबाट कुनै पनि बालबालिकाका बञ्चित नहुन र उनिहरुको क्षमता विकासको लागि अवसर दिन यस्ता विद्यालय प्रभावकारी बन्छन् । वडा नम्बर –७ को शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा समता विद्यालय सञ्चालन हुँदा बन्द भएको विद्यालयको भौतिक संरचनाको सदुपयोग भएको छ भने अर्कोतिर अनाथले पढ्न, आवास र खाना पाएका छन् । कक्षा ५ सम्म सुरु गरिएको यो विद्यालय यसै शैक्षिक सत्र देखि ६ कक्षा हुँदै क्रमश प्रत्येक वर्ष कक्षा थप गर्ने कार्यलाई निरन्तरता दिनु पर्छ । व्यास नगरपालिकाको यस कार्यको लागि नगर प्रमुख लगायत जनतप्रतिधी धन्यवादका पात्र बनेका छन् भने अन्य पालिको पनि यसको सिको गर्नु पर्दछ ।
Related Articles
सत्यवती माविको सार्वजानिक लेखापरिक्षण सार्वजानिक
October 11, 2023
आँबुखेरेनी गाउँपालिकाकोे उत्कृष्ट काम
November 7, 2023
Check Also
Close
-
म्याग्दे आँखा शिविरबाट ४६८ जना लाभान्वित
March 1, 2023


