समाचार

बिपि बिचार समाज तनहुँ, आफ्नै भवनमा स्थानान्तरण

तनहुँ जिल्लाको सामाजिक र राजनीतिक क्षेत्रमा कोसेढुङ्गा बन्न सफल बिपि बिचार समाज तनहुँ सहिद दिवसको सन्धर्व पारेर आफ्नै भवन व्यास नगर पालिका १२ स्थित घासिकुवामा स्थानान्तरण भएको छ । नेपाली काङ्ग्रेसमा शैद्दान्तिक बिचलन आउन थालेपछी बिक्रम सम्वत २०६७ सालमा केन्द्रमा पुर्व महामन्त्री एवम् काङ्ग्रेसका वरिष्ठतम् नेता कुल बहादुर (के बि) गुरुङको सभापतित्वमा यो सस्थाको जन्म भएको हो । तनहुँमा भने तात्कालिन सभासद उर्मिला थापाको सभापतित्वमा यो सस्था गठन भएको हो ।

बिपिको विचार अर्थात नेपाली काङ्ग्रेसको आदर्श र शिद्दान्त राष्ट्रियता , लोकतन्त्र र समाजवाद भन्दा बाहिर गएर वामपन्थिहरुको ललिपपमा लोभिएर कहिले काहीँ वर्तमान नेताहरु पार्टीलाइनै विशर्जन गर्ने हुन्की भन्नेसम्मका आसङ्का देखिँदा बिपि बिचार समाजको सान्दर्भिकता अझ बढेको छ । ७७ रै जिल्लमा गठित यो सस्थामा पार्टीको निष्ठावान र त्यागी कार्यकर्ताहरुको ठुलो पङ्तीको आवद्धता छ । तनहुँ काङ्रेस ले यो सस्थालाइ अवमुल्यन गर्ने धृष्टता गरिरहेको छ ।

यो रवैया कायमै राखेमा तनहुँ काङ्ग्रेसको भावी दिन उज्ज्वल नदेखिने भुक्तभोगिहरु बताउछन । दमौली बजार स्थित मालपोत लाइनमा भाडामा बस्दै आएको यो सस्थाको संरक्षक काङ्रेस नेता एवम् पुर्व गृहमन्त्री गोविन्द राज जोशी हुन । राष्ट्रिय समाजका सह सभापति समेत रहेका लोकप्रिय नेता जोशीलाई पार्टीले कार्यवाही सिफारिस गरेकोमा समाजमा आवद्ध २००० भन्दा बढी तनहुँका काङ्ग्रेस क्रियासिल सदस्यले राजिनामाको सोच बनाएका छन भने ठुलो पङ्तिले सदस्यता नै नविकरण नगरेको अवस्था बिध्यमान छ ।

यस अवस्थाले गर्दा तनहुँ समेत ७७रै जिल्लाको पार्टीको आन्दोलनलाइनै प्रभावित पारेको समाजले जनाएको छ । पार्टीको गलत रवैया का कारणले विशेष अधिवेशन समेत भएको यो जिल्लामा पार्टी केन्द्रको निर्णय अनुसार समानान्तर पार्टी कार्यालय बन्द गरेर पार्टीको गतिविधिमा सक्रिय रुपमा लाग्दा पनि अझै औपचारिक वार्ता र सम्बन्धित पक्षको वास्ता नभएको समाजका अध्यक्ष डिल्लीराम अधिकारि र बिपि बिचार समाज तनहुँका सचिव एवम् विशेष अधिवेशन पार्टी प्रवक्ता हरिशरण पण्डितले बताए ।

Show More

Related Articles

Back to top button