हेडलाईनUncategorized

सांसद श्रेष्ठले गरे तनहुँका दराईलाई उपचार खर्चमा सहयोग

दमौली खबर संवाददाता

साउन ६

 

प्रतिनिधि सभा सदस्य एबं नेकपाका नेता किसान श्रेष्ठले तनहुँका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । तनहुँ घरभई हाल राजधानीमा उपचार गराइरहेका व्यास १ का बल बहादुर दरैलाई अस्पतालमा भेटघाट गरि स्वास्थ्य अवस्थाको जानकारी लिई उपचारको लागि आर्थिक सहयोग गरेका छन् । दरै काठमाण्डौंको बासबारी स्थित गंगालाल अस्पतालमा उपचाररत छन् । यसैबीच सिभिल अस्पतालमा उपचार गराईरहेका ब्यास ९ गजौँडेका दिलिप खनाललाई पनि सासंद श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । खनाललाई पनि अस्प्तालमा प्रत्यक्ष रुपमा भेटघाट गरि उपचारको लागि ५० हजार आर्थिक सहयोग गरेका छन् । साथै उनले दुवैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Show More

Related Articles

Back to top button