हेडलाईनसमाचार

बन्दले तनहुँको जनजीवन प्रभावित

तनहुँ, भदौ ७ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव तनहुँमा परेको छ ।
बन्दले गर्दा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका भएका थिएनन, बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प भएका थिए । सडकमा आन्दोलनकारी भने देखिएका थिएनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको थियो । बन्दले गर्दा यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी नपाउँदा यात्रु अलपत्र छन् ।
जिल्ला  प्रहरी कार्यालय तनहुँका अनुसार बन्दका क्रममा कुनै अप्रिय घटना भएको छैन । सवारी साधन नचल्दा सदरमुकाम दमौलीमा शैक्षिक सस्था खुले पनि पढाई प्रभावित भएको थियो । ग्रामिण क्षेत्रका विद्यालय भने पूर्ण रुपमा बन्द रहेका थिए ।
Show More

Related Articles

Back to top button