हेडलाईनविचार

बीपी विचारको ‘देखावटी खोल’ : इन्स्योरेन्स जस्तो कांग्रेस, एजेन्ट जस्ता नेता !

दीपकराज जोशी

बीपी विचारको दाहसंस्कार १२ बुँदे सहमतिले गरेको थियो । १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले राष्ट्रियतालाई दाउमा राख्यो । गणतन्त्रका नाममा संसदीय प्रजातन्त्र मात्र नभएर राजतन्त्र नै फालिदियो ।

बीपीले कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदैनन् भन्दाभन्दै पनि कांग्रेसले सत्ताका लागि  हरू सँग सहकार्य शुरू गर्‍यो । जसको परिणाम हाम्रा सामु सर्वविदितै छ । गिरिजाप्रसाद कोइराला अस्वस्थ हुँदाहुँदै दिल्ली गएर गरिएको १२ बुँदे सम्झौताको कारणले गर्दा देश आज यो अवस्थामा छ ।

आफ्नो देशको बारेमा गरिने निर्णय अरूको देशमा गर्नुहुँदैन भन्ने कुरा बीपीले २००७ सालको घटनालाई लिएर पनि भन्नुभएको थियो । उहाँले २००७ सालमा राजा त्रिभुवनलाई दरबारबाट दिल्ली पठाउनुभन्दा नेपालकै कुनै ठाउँमा पठाएको भए देशलाई राम्रो हुन्थ्यो भन्नुभएको थियो ।

उहाँको आशय यो थियो कि आफ्नो राज्यलाई लिएर गरिने महत्त्वपूर्ण मुद्दाका निर्णयहरू आफ्नै राज्यमा भए भने राष्ट्रियता मजबुत हुन्छ । साथै राज्यको हस्तक्षेप कम हुन्छ ।

पुरा पढ्न यहाँ क्लिक गर्नु होला ।

https://lokaantar.com/story/113494/2020/7/21/article-by-deepak-raj-joshi

Show More

Related Articles

Back to top button