Uncategorized

चितुवाको आक्रमण बाट घाईते भएको बालकको  पोखरामा उपचार हुदै,

फागुन ३०, दमौली

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार राती एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।  गाउँमा छिमेकीको विवाह हेरेर बालक, उनकी आमा र अन्य चार जना साथीसंगै घर फर्किदै गरेको चितुवाले नेपालीलाई आक्रमण गरी घाइते बनाएको हो ।

चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा उपचार भई राखेको छ । तनहुँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । तनहँुको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क रहेको छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट ९ बालबालिकाले ज्यान गुमाएका छन् । भने दजनौ बालबालिका घाईते भएका छन् । हालसम्म तनहुँमा सात वटा चितुवा नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय तनहँुले जानकारी दिएको छ ।

Show More

Related Articles

Back to top button