Uncategorized

सहकारीमा सुशासन कायम गर्नुपर्छ: मन्त्री अर्याल

कार्यक्रमको उद्घाटन गदै मन्त्री अर्याल तस्बिरः सविन लामिछाने÷दमौली खबर

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा सुशासन कायम गर्नुपर्ने बताएकी छिन् । व्यास नगरपालिका वडा नं ३ मा रहेको व्यास बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं स्थापना दिवस तथा नव निर्मत भवनको उद्घाटन गदै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै अर्यालले अहिलेको अवस्थामा सहकारीको संख्या बढ्दै जादाँ आम सर्वसाधरणको शेयर रहेको हुनाले सहरकारीले कुनै नराम्रो कार्य नगराउनको लागि सहकारीमा सुशासनको आवश्यकता रहेको बताईन् ।

उनले भनिन्, “सहकारीमा सुशासन कायम गरि पारदर्शी गर्न आवश्यक रहेको छ । ” तनहँुमा मात्र दुई सय पचास भन्दा बढी सहकारी रहेको भन्दै उनलेसहकारीको संख्या बढाउन नहुने समेत बताईन् । उनले भनिन,“सहकारीको संख्या बढाउने होईन, सहकारीको कार्यक्षेत्र बढाउने हो।” देशमा रहेको सहकारी सँग तीन सय ५० अर्ब भएकाले पोको पारेर मात्र अर्थतन्त्रमा टेवा नपुग्ने समेत उनले बताइन । उनले भनिन्, “पैसा पोको पारेर मात्र विकास हुदैन्, उत्पादन क्षेत्रमा खर्च गरेमा मात्र विकास हुन्छ ।”कार्यक्रममा बोल्दै अर्यालले गरिब मान्छेलाई धनि बनाउन सहरकारी परिचालन गर्नु पर्ने समेत बताईन् । सहकारी उत्पादनमा अनिवार्य जानुपर्ने भन्दै मन्त्री अर्यालले उत्पादनमा जान सहजका लागि पनि मर्जको अभियान अघि सारिएको बताइन्।

‘सहकारी राम्रो बनाउनका लागि अनुगमनमा जोड दिएका छौं’ उनले भनिन्। सहकारी प्राइभेटजस्तो सञ्चालन भएको भन्दै मन्त्री आर्यालले सहकारीको मूल्यमान्यतामै सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। ‘नियमावली नआउँदा सहकारी ऐन २०७४ कार्यन्वयन गर्न समस्या परेको थियो, अब सहकारी ऐन पूर्णरुपमा कार्यन्वयनमा आउँछ’ उनले भनिन्। सहकारीले लगानी क्षेत्र किटान गरेर उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। सहकारीको ब्याजदर १६ प्रतिशतभन्दा बढी नहुने गरी सञ्चालन गर्ने निर्णय भई रहेको उनको भनाइ छ। उनले सहकारीले आर्थीक क्षेत्रमा राम्रो कार्य गरि रहेको बेलामा महिलाहरुको सहभागिता बढ्दो रहेको बताईन् । उनले पछि परेका महिलाहरु अहिले सहकारीको लगानीमा ६१ प्रतिशत महिलाको सहभागीता रहेको बताईन् । सहकारी मार्फत समृद्धि नेपाल ल्याउने समेत उनले बताईन् । उत्पादकमुलक क्षेत्रमा सहकारी जोडिनु पर्ने समेत उनले बताईन् । सरकारले चलाएको समृद्धिको अभियान जनस्तर बाट पनि चलाउने उनले बताईन् । उनले भनिन, “पार्टीको कार्य नभनि देशको विकासको लागि सबै एक जुट भई लाग्नु पर्छ । ” जनता सबैको साझा रहेको हुनाले जनताको सेवा गर्नु तर्फ सबै लाग्नु पर्ने उनले बताईन् ।

त्यस्तै कार्यक्रममा बोल्दै तनहँु क्षेत्र नं २ का प्रतिनिधि सांसद केदार सिग्देलले सहकारीले उत्पादकमुलकमा लगानी गर्नुपर्ने बताए । उनले देशमा रोजगारीको सिर्जना गर्न उत्पादक क्षेत्रमा लगानी गर्नु पर्ने बताए । त्यस्तै क्षेत्र नं १ सांसद कृष्णकुमार श्रेष्ठले तनहँुको विभिन्न क्षेत्रमा अव्यवस्थित बसोबारको समस्या पदै भएको बताए । उनले शुक्लागण्डकी, व्यासको बिसघरे लगायत अन्य थुपै क्षेत्रमा अव्यवस्थित बसोबासको समस्या रहेको त्यसको तत्काल समधान गर्नुपर्ने समेत बताए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बढ्दै गएको सहकारीलाई व्यवस्थित गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाको सेयर सदस्यको अभिभावकको निधिन भएको परिवारलाई राहत रकम पाँच रुपैया प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा समाजको लागि विभिन्न क्षेत्र बाट योगदान पु¥याएका पाँच जना व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।

व्यवसाय क्षेत्रमा योगदान पु¥याएको भन्दै उद्योग वाणिज्यका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ , पर्यटकिय क्षेत्रमा हरिसिं गुरुङ, छुवाछुत प्रथालाई न्युनिकरण गरेको भन्दै दलित उत्थान मञ्चमा अध्यक्ष रामलिला सुवर्णकार, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी र युवा वैज्ञानीक विकल्प ढुङगनालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रेमप्रसाद पौडलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिव प्रकाशचन्द्र भटराईले गरेका थिए ।

Show More

Related Articles

Back to top button