Uncategorizedपत्रपत्रिकाबाट

रुकुम घट्नाको बिरोधमा दमौलीमा प्रर्दशन

दमौली खबर संवाददाता
जेठ २७ दमौली

जातीय विभेदका कारण पश्चिम रुकुममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले दमौलीमा प्रदर्शन गरेको छ ।

घटनाको विरोध गर्दै मंगलबार समितिले तनहँुको सदरमुकाममा दमौलीमा विरोध ¥याली गरेको हो । दमौलीको अनसन चोक बाट बिरोध र्याली शुरु गरी जिल्ला प्रहरी कार्यालय हुदै पुन अनसन चौतारीमा आएर बिरोध सभामा परिणत कोणसभामा परिणत भएको थियो । घटनाको दोषीलाइ कारवाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समितिले माग गरेको छ । जातीय विभेद अन्त्य गर्नुपर्ने उनीहरुको माग छ । माग पुरा नभए चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने समितिले चेतावनी दिएको छ । गण्डकी प्रदेश तनहुँ जिल्ला संयुक्त राजनीतिक दलित संघर्ष समिति संयोजक दोवाटे बिश्वकर्माको नेतृत्वमा भएको विरोध प्रदर्शनमा प्रहरीले केही समय जिल्ला प्रशासन कार्यालयमा जान रोक लगाएको थियो । सामाजिक दुरी कायम गरी मास्क, पन्जा र सेनिटाइजर अनिवार्य प्रयोग गरी करिब दुई घण्टाको समय कार्यक्रम गरिएको संघर्ष समितिका सदस्य सचिव रनसिं नेपालीले जानकारी दिए । बिरोध सभा पश्चात संघर्ष समिति र अन्य संघसंस्थाको हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो । तनहँुको प्रत्येक पालिकाबाट र प्रत्येक संघसंस्थाबाट पाँच÷पाँच जना र संघर्ष समितिको तर्फबाट ५० जना गरी बढिमा एक सय ५० जनाको सहभागितामा बिरोध ¥याली गरिएको थियो ।

प्रेमिकासँग विहे गर्न साथीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको हत्या भएको थियो भने १२ जना घाइते भएका छन् ।

Show More

Related Articles

Back to top button