Uncategorized

लायान्स क्लब द्धारा प्रहरीलाई पिपिई प्रदान

दमौली खबर सम्बाददाता
दमौली २६ , लायान्स क्लब अफ दमौलीले प्रहरीलाई पिपिई सहयोग गरेको छ। कोभिड १९ सेफ्टी मेजर कार्यक्रम अन्तर्गत प्रहरीलाई पिपिई प्रदान गरिएको कलबले जनाएको छ। बुधबार क्लबले जिल्ला प्रहरी कार्यालय तनहँुलाई २ थान पिपिई प्रदान गरिएको छ। क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राक्ुले जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख विनोद शिलवाललाई पिपिई प्रदान गरेका हुन् ।

त्यस्तै क्लबले दुई वटा एम्बुलेन्स चालकलाई दुई थान र मेडिकल डाक्टर लाई एक थान पिपिई प्रदान गरेको छ । कोरोनाभाइरस नियन्त्रणका लागि फ्रन्टलाइनमा रहने सुरक्षाकर्मीलाई थप सहयोग गर्दै जाने क्लबले जनाएको छ।

Show More

Related Articles

Back to top button