Uncategorized

वीपीले कांग्रेस बनाउनुभएको तर कांग्रेसले वीपी बनाएको होईन : नेता जोशी

नेपाली कांग्रेसका पुर्व सह महामन्त्री एवं पुर्व गृहमन्त्री गोविन्दराज जोशीले वीपीले कांग्रेसस बनाउनुभएको तर कांग्रेसले वीपी नबनाएको बताएका छन् । नेता जोशीले वीपी विचार समाज आंबुखैरेनी गाउँपालिका स्तरीय भेलामा बोल्दै सो कुरा बताएका हुन् । उनले भने, “वीपीले कांगे्रस बनाउनुभएको हो कांग्रेसले वीपी बनाएको होइन ।” उनले कांग्रेसले वीपीको विचार र सिद्धान्त छाडदै गएकाले वीपी विचार समाजको स्थापना गर्नुपरेको बताए ।

नेपाली कांग्रेसको निर्माणमा धेरै नेता तथा कार्यकर्ताको रगत पशिना भिजेको हुनाले कोही नेतृत्वमा पुगे भन्दैमा नाता पर्ने र हात पर्नेलाई मात्र टिकट वितरण गर्दा त्यागी र निष्ठावान कार्यकर्ता माथि अन्याय हुने बताए ।

सोही कार्यक्रमा वीपी विचार समाज तनहुँका अध्यक्ष डिल्लीराम अधिकारीले पार्टीलाई एक ढिक्का बनाएर गाउँ, नगर र वडामा जानुपर्नेमा पार्टी विभाजनको सन्देश लिएर जनजागरणका नाउँमा कार्यक्रम गर्दा पार्टी अझ कमजोर भएको बताए । उक्त अभियानले कार्यकर्तामा नकारात्मक सन्देश प्रवाह भएको उनलेबताए । वीपी विचार समाज आंबुखैरेनीका संयोजक प्रितम गुरुङको अध्यक्षतामा भएको सो भेलामा आंबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, नेपाल महिला संघकी केन्द्रिय सदस्य चिनु पोख्रेल, वीपी विचार समाज तनहँुका सचिव हरिशरण पण्डित, गा.पा उपाध्यक्ष पुष्पा श्रेष्ठ, वडा नंं. ६ का अध्यक्ष सुनाराम गुरुङ, २ का कटकबहादुर थापा, १ का किसान थापा, ४ का नेत्रबहादुर गुरुङ, समाजका सदस्यहरु सुकुमलाल गुरुङ, परमेश्वर भट््राई, बालकृष्ण पौडेल,रामदेव पन्थ, वडा सदस्य मिलन भुजेल, दिनेश केसी, आवु तरुण अध्यक्ष विजय गुरुङ, नेपाली कांग्रेसका भिष्म गौली लगायतले नेपाली कांग्रेसको एकता वीपी विचार समाजको आवश्यकता र महत्वबारे विचार व्यक्त गरेका थिए । स्वागत मन्तव्य आंबुखैरेनी नेपाल महिला संघकी उपाध्यक्ष तुलशा पन्तले राखेको उक्त कार्यक्रमको सञ्चालन समाजका जिल्ला सदस्य सोलबहादुर चितौरे मगरले गरेका थिए ।

Show More

Related Articles

Back to top button