Uncategorized

बाँझो रहेको फाँटमा लिफटिङ बाट सिचाँई गरिदै

दमौली खबर सम्ववदाता

दमौली,

लामो समय देखि बाँझो रहेको तनँहुको भिमाद नगरपालिका वडा नं ७ मा लिफटिङ प्रविधि बाट सिचाँई गरिएको छ । एक सय भन्दा बढी घर धुरी रहेको सिस्नेरी ठुलो फाँटमा लिफटिङ प्रविधि बाट सिचाँइ गरिने भएको हो । करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको फाँट नदीको सतहबाट केही मिटर अग्लो रहेको उक्त ठाँउमा लिफटीङ प्रविधि बाट सिचाँई गरिएको स्थानिय केदार ढकालले जानकारी दिए ।

उक्त फाँटमा पहिला सिचाँईको अभावले जमिन बाँझो रहेको उनले जानकारी दिए । प्रदेश सरकारको ३५ लाख र संघ सरकारको सात लाखमा उक्त ठाँउमा लिफटिङ गरिएको वडा नं ७ का वडाअध्यक्ष सुर्यकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘स्थानिय किसानहरुको मागमा नै प्रदेश सरकार सँग पहल गरिएको थियो ।’ अहिले उक्त ठाँउको किसानहरुलाई राहत हुने भएको उनले बताए ।

करिब ६० मिटर गहिराईमा वोरिङ गरेर सिचाँई गर्न पानीको स्रोत निकालीएको उनले बताए । उनले भने, ‘अब त गहँु, धान,तोरी लगायत अन्य नगदे बाली किसानहरुले उत्पादन गर्ने छन् ।’ स्थानिय रामप्रसाद ढकालले भने, ‘मकै खेती बाहेक अन्य खेतीपाती नै हुन्थेन । ’ ‘लामो समय देखि जमिन बाझो रहेको थियो । ’ त्यस्तै स्थानिय देव भण्डारीले तरकारी लगाउन, धान खेती गर्न पाईने भन्दै खुसी व्यस्त गरे । उनले भने,‘तरकारीहरु बाहिर बाट किनेर खाने अवस्था रहेको थियो । ’ ‘अब घरबरीमा तरकारी लगाउन पाईने भयो । ’ त्यस्तै स्थानिय माया कडेंलले खेतीपारीलाई जोड दिने बताईन् । उक्त ठाँउमा पानीटया्ङगी निर्माण गर्न बाँकी रहेको सिचाँई डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ ।

Show More

Related Articles

Back to top button