समाचारव्यास

लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरणमा युवा

दमौली खबर संवाददाता
जागौं युवा नेपालको आयोजनामा लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरण बारे युवाहरुलाई सचेतना गराईएको छ । लागुऔषध दुव्र्यसन र साईवर क्राइममा १५ देखि २५ वर्ष उमेरका महिला पुरुष फस्दै गएपछि व्यास नगरपालिका वडा नं २ को सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन वडा अध्यक्ष काशीराम श्रेष्ठले गरे । कार्यक्रममा बोल्दै उनले बजारी क्षेत्रमा मात्रै नभएर गाँउ गाँउसम्म लागुऔषध ओसारपोसार तथा दुव्र्यसनको खतरा बढेकाले सचेतना कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यसलाई जिल्लाभर निरन्तरता दिन स्थानीय तहहरुको पनि सहयोगको आवाश्यक छ। सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन र साईवर क्राइमसँगै बालविवाहसमेत न्युनिकरण हुने नागरीक समाजको अपेक्षा छ ।’ जिल्लामा भएका लागुऔषधका घटनाको तथ्याङक प्रस्तुत गदै जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी एवंम् प्रवक्ता युवराज तिमिल्सेनाले किशोर अवस्थादेखि नै युवाहरुले लागुऔषध सेवन गर्ने गरेको कारण विभिन्न जघन्य अपराधका घटनाहरु समेत हुने गरेको पाईएको बताए ।

उनले भने,‘ लागुऔषध दुव्र्यवसन न्युनिकरण अभियानमा प्रहरी लागि परेको छ , यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन’ उनले अघि भने, ‘युवालाई दुव्र्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो, प्रहरी नियन्त्रणमा रहेकालाई कानुन अनुसार जरिवाना तथा कैद सजाय हुन्छ ।’ दुव्र्यसनमा फसेका युवालाई यसबाट टाढा राख्ने वातावरण बनाउन सबैलाई उनले अनुरोध गरे । साथी भाईको लहलहै तथा अशिक्षा र बेरोजगारीका कारण लागुऔषध दुव्र्यसनमा फसेको वक्ता बताउँछन् ।

त्यस्तै युवा अभियन्ता अपार पौडेलले पनि भुर्चअल मार्फत युवाहरुलाई प्रशिक्षण दिएका थिए । जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य राधिका परियार, समुन्द्र पौडल, सविन लामिछाने लगायत बोलका थिए । कार्यक्रमा ४० भन्दा युवायुवतीको उपस्थिती रहेको
थियो ।

Show More

Related Articles

Back to top button