हेडलाईनसमाचार

म्याग्दे गाउँपालिकाद्धारा ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान

दमौली खबर संवाददाता
तनहुँ, असोज ३ गते । तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान गर्न थालेको छ । पालिकाले सेवा प्रदान गर्न घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नंंं. १ को मानहुँवाट सेवा सुरु गरिएको हो । शिविरको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले भौगलिक रुपमा विकट रहेका बासिन्दालाई सेवा लिन समस्या परेकाले घुम्ति शिविर सञ्चालन गरिएको र यस सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाले कार्य योजना बनाएको बताउनुभयो ।
शिविरमा कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवाहरु प्रदान गरिएको थियो । पहिलो दिनमा छ सय ७३ जनालाई स्वास्थ्यसेवा प्रदान गरिएको छ ।   स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामी जाँच तथा औषधि वितरण, प्रयोगशाला सेवा, रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवा दिईएको थियो ।
पहिलो दिनको शिविरमा वहिरङ्ग सेवा अन्र्तगत १९७ जनाले सेवा लिएका थिए । यसैगरि प्रयोगशाला अन्र्तगत १६० जनाको सुगर परिक्षण गरिएको थियो भने जसमा ९ जनाको पोजेटिभ देखिएको छ । पोजिटिभ देखिएका सेवाग्राहीलाई पुन परिक्षणका लागी दमौली अस्पताल पठाईएको पालिकाका स्वास्थ्य अधिकृत दिनेश पण्डितले जानकारी दिनुभयो ।  यसैगरि शिविरमा ७९ जना सेवाग्राहीको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको थियो जसमा ८ जनाको क्यान्सर शंकास्पद भेटिएको, ८ जनाको आङ खस्ने समस्याको रिङ्ग प्रेसरी वाट उपचार गरिएको र ३ जना महिलाहरुलाई लामो अवधिको प.नि साधनको प्रयोग गरिएको छ । जटिल प्रकृतिको रोगको थप उपचारको लागी सम्वन्धित निकायमा सिफारिस गरिएको पालिकाले जनाएको छ ।  यसैगरि शिविरमा कोभिड १९ रोग विरुद्धको खोप सेवा पनि दिईएको थियो । ११६ जनाले खोप लिएकामा २७ जनाले प्रथम मात्रा, ९ जनाले दोश्रोमात्रा र ८८ जनाले बुष्टरडोज खोप सेवा लिएका थिए । आयुवर्वेद्ध तर्फ एक सय १६ जना सेवाग्राहीले सेवा लिएका थिए भने क्षयरोग परिक्षण ८ जनाको गरिएको थियो ।
     शिविरको पहिलो दिन ६७३ जनाले स्वास्थ्य सेवा लिएको र उत्साहजनक रुपमा सहभागिता भएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । शिविरले आम जनताको घरदैलो सम्म जाने, जनताको समस्या सुन्ने र समाधानका लागी अग्रसर हुने अवसरका रुपमा लिएको  अधिकारीले वताउनुभयो । असोज २ गते शुरु भएकोे घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको  छ । गाउँपालिकाका अनुसार हरेक तीन तीन महिनामा शिविर सञ्चालन गर्ने योजना रहेको छ ।
Show More

Related Articles

Back to top button