समाचारविचारUncategorized

कोरोनाले लियो नेकपाका पुराना नेता श्रेष्ठको ज्यान

कोरोनाका कारण भिमादका पुराना कम्युनिष्ट नेता कृष्णकुमार श्रेष्ठ को ज्यान गएको छ । कोरोना संक्रमण देखिए पछि राजधानीको बी एण्ड बी अस्पतालमा उपचाररत ७२ वर्षका श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनको अवस्था गम्भीर भएको थियो । सो लगत्तै उनलाई आइसीयुमा राखि उपचार गरिएको थियो ।उनको मंगलबारबाट आईसीयुमा राखि उपचार गरिएको थियो । उनको प्लाज्मा थेरापी गरे पनि अवस्था सुधार नभए पछि श्रेष्ठको निधन भएको हो । नेकपा तनहुँका सल्लाहकार श्रेष्ठ २०३५ सालमा तत्कालिन मालेमा आवद्ध भए यता कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । जिविस तनहुँका सदस्य समेत रहेका उनी तनहुँका कम्युनिष्टका अभिभावकका रुपमा चिनिन्छन् । यस अघि संक्रमणका कारण श्रेष्ठ परिवारका एक सदस्यको ज्यान गइसकेको छ । अर्का ९८ वर्षीय को राजधानीको एक अस्पतालमा उपचार भइरहेको छ ।अरु ३ सदस्य पनि संक्रमणका कारण उपचारमा छन्।

Show More

Related Articles

Back to top button