समाचार

बिपी विचार समाजद्धारा श्रद्धाञ्जली व्यक्त

दमौली खबर संवाददाता

दमौली, वैशाख ७ गते

बिपी बिचार समाज तनहुँले शोक रहनु भएका नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य एवं शिक्षा शाखा प्रमुख अम्बिका घिमिरेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ । घिमिरे निवास शुक्लागण्डकी नगरपालिका– ५ वेलचौतारामा पुगेर सातौँ दिनको पुण्यतिथीमा शुक्रबार समवेदना प्रकट गरेको हो ।

समाजका केन्द्रीय सदस्य सकुमलाल गुरुङ, जिल्ला उपसभापति क्याप्टेन रेशम गुरुङ, कोषाध्यक्ष भिमकुमार श्रेष्ठ, सल्लाहकार ऋषिराम पोख्रेल, सदस्यहरु इन्द्रबहादुर दरै, विजय भट्टराई, म्याग्दे गाउँपालिकाका सभापति दोधराज रेग्मी लगायतले घरमै पुगेर समवेदना प्रकट गर्नु भएका समाजका जिल्ला सभापति हरिशरण पण्डितले जानकारी दिनुभयो । समाजका स्वर्गिय घिमिरे वरिष्ठ सल्लाहकार घनश्याम घिमिरेको जेष्ठ सुपुत्र तथा समाजका पूर्व सदस्य हुनुहुन्थ्यो ।

Show More

Related Articles

Back to top button