समाचार

‘दुई पाङग्रे सवारी चालक सँग ५ मिनेट ’

पोखराका कृष्ण सुवेदी आफनो भान्जा सँग मोटरसाईकलबाट काठमान्डौं जादैं थिए । पृथ्वीराजमार्ग अन्तगर्त दमौलीको सडकमा खटिएका ट्राफिक प्रहरीले उनलाई रोके। अरूबेला काममा खटिएका ट्राफिक प्रहरी जवानहरूलाई कार्यक्षेत्रमै रहे पनि कागजपत्र र यात्रुको जाँच गर्न आदेश दिने प्रहरी प्रमुखहरू आइतबार दिउँसो हात जोडेर मोटरसाईकल नजिक पुगे। सडकमै थिए जिल्ला प्रहरी प्रमुख अरुण पौडेल र ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाट। सुवेदीले ट्राफिक चेकिङ होला भन्दै आफनो सवारी कागजजात निकाले ।

उनीहरूले कृष्णलाई चेकिङको साट्टो ट्राफिक नियमको बारेमा सुनाए । सुवेदी सँग पाँच मिनेटमा विभिन्न ट्राफिक नियमको पालना सँगै दुद्र्यटनाबाट बच्ने उपाय बताउदै सम्झाएर पठाए । प्रदेश प्रहरी कार्यालयको कार्यक्रम अनुसार तनहँुको दमौलीमा आइतबारदेखि ‘दुई पाङगे्र सवारी साधनको चालकसँग ५ मिनेट’ कार्यक्रम सुरु भएको छ। प्रदेश सरकारको समन्वयमा प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमको उद्घाटन गदै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले अहिलेको आवश्यकता रहेको भन्दै उक्त अभियानलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने,‘सचेतनाको कमीले अहिले दुई पाङग्रे सवारी साधनको दुद्र्यटना बढ्दो छ । यसलाई कम गर्न यस्ता खालका कार्यक्रमको आवश्यक रहेको छ । ’ व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपानेले दुईपाङग्रे सवारी साधनको अनुमति पत्र बनाउने प्रक्रिया कठिनाई रहेकाले बिना अनुमति पत्र लिएर सवारी चलाउदाँ दुद्र्यटना बढेको जिकिर गरे ।

उनले ट्राफिक व्यवस्थापनलाई नगरपालिकाले सहयोग गदै आएको बताउदाँ आगमी दिनमा समेत सहकार्य गर्ने बताए । प्रमुख जिल्ला अधिकारी सागर आर्चायले यस अभियानले सवारी दुद्र्यटनामा कमि आउने बताए । तनहँु उद्योग वाणिज्य संघका सभापति मानकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापन विगत भन्दा अहिले सुधार हुदै गएको बताउदै व्यवस्थापनमा संघले निरन्तर सहयोग गदै आएको बताए ।

त्यस्तै ‘चालक जिम्मेवार बन्दा धेरै जोखिमहरू कम गर्न सकिन्छ, हामी जिम्मेबार चालक बनाउन नमस्कार गरेर सम्झाउने र सचेतना गराउने अभियान थालेका छौं’ प्रदेशका ट्राफिक प्रमुख प्रभुप्रसाद ढकाल भन्छन्– ‘सानो जानकारीमुलक ब्रोसर दिन्छौं र सम्झाएर पठाउँछौं।’ दुर्घटना अस्वभाविक बढ्दै गएको भन्दै प्रहरीले यो अभियान थालेको हो। उनले प्रदेश ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन लागेको समेत बताए ।

Show More

Related Articles

Back to top button