समाचार

एसपी पौडेलको ३ सय ७१ दिन तनहुँ बसाई : समातीए ३ सय ८१ प्रतिवादी

दमौली खबर संवाददाता
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले एक वर्ष जिल्लामा रहँदा तीन सय ८१ जना फरार प्रतिवादी पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएर जानुअघि शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा आफ्नो कार्यकालका उपलब्धी सार्वजनिक गरे । उनका अनुसार आर्थिक वर्ष ०७७÷७ ८ मा प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका तीन सय ८१ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये एक सय पाँच जना महिला र दुई सय ७६ पुरुष रहेको छन् । पक्राउ परेकाबाट एक सय ७ वर्ष एक महिना २२ दिन कैद असुल भएको छ । साथै फरार प्रतिवादीबाट रु ६६ लाख ३ हजार पाँचसय ६१ जरीवाना असुल भएको पौडेलले बताए । उक्त आर्थिक वर्षमा तीन सय ६० मुद्दा दर्ता भएकामा जघन्य अपराधतर्फ कर्तव्य ज्यानमा ११, जबरजस्ती करणीमा १७, लागुऔषधमा ३४, सवारी ज्यानमा ३१, आत्महत्या दुरुत्साहनमा चार र हातहतियारमा दुई मुद्दा दर्ता भएको छ । लागुऔषधतर्फ ५९ जना पक्राउ परेका छन् भने ३१ किलो ८६५ ग्राम गाँजा, ६६० एम्पुल डाइजेपाम, ६५४ एम्पुल फेनरागन, ६५० एम्पुल नुफिन, १३५ नाइटूोजन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

अवैध काठतर्फ १२ जना पक्राउ परेका छन् भने ५ सय ८१ क्युफिट सालको काठ बरामद गरिएको छ । प्रहरीले सोही अवधिमा ३५ रोपनी क्षेत्रफमा अवैध रुपमा उम्रिएका ६ हजार पाँच सय गाजाका बोट नष्ट गरेको जनाएको छ । नदीजन्य पदार्थ उत्खनन्तर्फ २ सय ६६ सवारी नियन्त्रण गर्दा रु २२ लाख १० हजार पाँच सय राजश्व सङ्कलन भएको छ । जुवातासतर्फ ११ वटा मुद्दा दर्ता हुँदा एक सय २० जना पक्राउ परेका छन् भने रु १४ लाख ३७ हजार दुई सय २५ रकम बरामद भएको छ । कोभिड महामारी नियन्त्रणका लागि सञ्चालित मास्क खै अभियान अन्तर्गत १३ हजार ९ सय ३५ जनालाई मास्क वितरण गरिएको छ । अक्सिजन सिलिन्डर सङ्कलन अभियानअन्तर्गत एक सय २६ थान सङ्कलन भएकामा ९३ थान अस्पतालमा वितरण गरिएको छ । कोभिड व्यवस्थापन अध्यादेश अनुसार कारवाही गर्दा रु चार लाख ३६ हजार छ सय सङ्कलन भएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button