समाचार

प्रचण्डले आज डुम्रेमा सम्बोधन गर्दै

दमौली खबर संवाददाता
दमौली, कात्तिक २७ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनहु आउनु हुने भएको छ । तनहुँको बन्दिपुर गाउँपालिकाको डुम्रे बजारमा आज सोमबार बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको सभामा प्रचण्डले सम्बोधन गर्नुहुने भएको हो ।
सभामा तनहुँ, लमजुङ र गोरखाका १० हजार भन्दा बढी कार्यकर्ताहरु डुम्रे बजारमा उतार्ने दावी आयोजकको दाबी छ । उक्त आम सभालाई नेपाली कांग्रेस र माओवादी केन्द्रका युवा एवं प्रखर वक्ताहरुले समेत सम्बोधन गर्ने दुवै पार्टीका नेताहरुले बताएका छन ।
Show More

Related Articles

Back to top button