समाचारव्यासAllनगरपालिका

केशवटारको गौरव, गर्जोदी खानेपानी आयोजना

दमौली खबर संवाददाता
बिवि श्रेष्ठ
दमौली, कात्तिक २७ । व्यास–१४ को वडाको नै गौरवको आयोजनाको रुपमा हेरिएको गजौदी खानेपानी आयोजनाको २ वटा पानी टंकी ठिनमा निर्माण सम्पन्न भएको छ । ७ करोड ७८ लाखको लगानीमा वन्न लागेको खानेपानी आयोजनामा गत आर्थिक वर्षमा १५ लाख विनियोजित वजेट वाट १ लाख ५० हजार लिटर र ३० हजार लिटर क्षमता रहेको २ वटा पानी टंकी निर्माण सम्पन्न भएको हो ।
       व्यास–१४ को वडामा रहेको केशवटार, रुम्सि, नयाँगाउ, ठिन, हर्कपुर लगायतको क्षेत्रमा वितरण हुने खानेपानीको योजना १ घर १ करेशावारी कार्यक्रम अन्र्तगत शुरु भएको हो । नेपाल सरकारले लगानी गरेको आयोजना ३ वर्षमा सम्पन्न हुने निर्माण कम्पनिले जनाएको  छ ।
आर्थिक वर्ष ०७८।०७९ मा २ करोड १० लाख वजेट विनियोजन भएर कार्यन्वयनको चरणमा गएको योजनामा २ वटा रिजर्भ टंकी, पाईपलाईन विस्तार र विद्युत सप्लाई हुने वडासदस्य दुर्गा वहादुर आलेले जानकारी दिनुभयो । आयोजनाको निर्माण सम्पन्न भएपछि कृषि र उत्पादनमा ठुलो टेवा मिल्ने वडासदस्य आलेले वताउनुभयो ।
       यो व्यास–१४ को नै गौरवको आयोजना हो । यसको निर्माण सम्पन्न भएर कार्यन्वयनमा गईसकेपछि केशवटारलाई नै उत्पादनको हव वनाउने र उत्पादनमा जोड्ने वताए । केशवटारमा वाटोको सवै संजालले जोड्ने र उत्पादनलाई जोड दिने वडाको लक्ष्य भएको वहाँले वताए । आत्मनिर्भर र समृद्ध वन्नका लागी यो आयोजनाले ठुलो भुमिका खेल्ने आलेले वताए ।
       खानेपानी टंकी हर्कपुर, रुम्सि र नयाँगाँउमा थप १÷१ लाख लिटरको ३ वटा वन्ने र यो आयोजना सम्पन्न भएपछि हरेक घरमा करेशावारी, सिंचाई र उत्पादनका लागी महत्वपुर्ण भुमिका खेल्नेछ । जसले केशवटारको दिगो विकासलाई जोडदछ, वडाध्यक्ष काजीमान श्रेष्ठले वताउनुभयो
Show More

Related Articles

Back to top button