दमौली खबर संवाददाता
ब्यास नगरपालिका वडा नं.–५ बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०७९÷०८ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर आलेको अध्यक्षता व्यास नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुन्दर वाग्लेको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि वाग्लेले विद्यार्थीको सिकाइ उपलब्धिका लागि अभिभावकहरूको उपस्थिति महत्वपूर्ण रहेको आवश्यकता औँल्याउनुभयो ।
सामाजिक लेखा परीक्षण समितिका सचिव मञ्जु खनालले आ.व.२०७९÷०८०को सामाजिसक परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्राविधिक सहयोग समितिले दिएका सुझावहरु प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा व्यास न.पा. वडा नं.५ का सदस्य केशरी थापा, वि.व्य.स. अध्यक्ष उषा क्षेत्री, भवन निर्माण सहयोग समिति एवं बेनीपाटन टोल विकास समितिका अध्यक्ष तथा पूर्व प्र.अ. हेम पौडेल, विद्याललय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरबहादुर रानाभाट लगायतका वक्ताहरुले विद्यालयको समग्र विकासका लागि महत्वपुर्ण सुझावहरु प्रस्तुत गरेका थियो।
विद्यालयका प्र.अ.रामदत्त पौडेलले प्राप्त सुझावहरुलाई ग्रहण गर्दै आगामी दिनमा सबैको सक्रिय सहभागिता जुटाइ विद्यालयलाई अझ प्रगतिको उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम अभिभावक शिक्षक संघका सदस्य शम्भुलाल थापाले सहजीकरण गर्न भएको थियो । उक्त कार्यक्रममा सहायक प्र.अ. अनिता घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।




