दमौली खबर संवाददाता
दमौली, भदौ, ३१
व्यास नगरपालिका–४ दमौली स्थित दमौली कलेजमा अध्यरत कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सास्कृतिक कार्यक्रम गरिएको छ । कलेजको आयोजनामा शनिबार सो कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन कलेजका पूर्वप्रार्चाय तथा निर्देशक महेन्द्र न्यौपानेले गर्नु भएको थियो । सो अवसरमा न्यौपानेले कलेजले विगतका वर्षहरुमा उकृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि कलेज तथा माध्यामिक तहमा उत्कृष्ट नतिजा ल्याउनेमा ढुक्क रहेको बताउनुभयो । सो अवसरमा सहायक प्रचार्य ज्ञानेन्द्र जिसी, शेयर सदस्य माधव न्यौपाने, विद्यार्थीको तर्फबाट कक्षा १२ का छात्राहरु सलिना गुरुङ र सलिना कोईराला लगायतले दमौलीकै निजी कलेजहरुमा पुरानो र उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले विद्यार्थीको रोजाईमा पर्न गएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि अझै गुणस्तर सुधार गरी जिल्लाकै उत्कृष्ट कलेजको रुपमा अगाडी बढाउन कलेज परिवार एकजुट हुनु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा कलेजमा पाँच वर्ष भन्दा बढी प्राध्यापन गर्ने प्राध्यापकहरुलाई सम्मान गरिएको थियो भने भर्खरै कक्षा १२ उर्तिण भएका विद्यार्थीहरुलाई पनि बधाई एवम् सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका प्राचार्य राजेन्द्र कैनीको अध्यक्षतामा भएको थियो । सभापतित्वमा सम्पन्न उक्त छापम विद्यालयको चौतर्फी विकासमा खास गरि बालबालिकाको क्षेत्रमा उल्लेख्य योग दान पुयाउनु हुने विद्यालयका पूर्व प्रअ विष्णु भण्डारी, विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्याल थका प्रधानाध्यापक राजेन्द्र खनाल लगायतले आ–आफ्नो मन्तव्य राख्नु साथै विद्यार्थीले विभिन्न चेतनामूलक मूलक विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।



