हेडलाईनसमाचार

दुई बालिकालाई बलत्कार गरेको कसुरमा भानुका तामाङलाई १९ वर्ष कैद

दमौली खबर संवाददाता
तनहुँ, भदौ ३० । तनहुँ जिल्ला अदालतले  एक युवकलाई दुई बालिकालाईजबरजस्ती करणी गरेको कसुरमा १९ वर्ष कैद फैसला गरेको छ ।  भानु नगरपालिका–३ का ३३ वर्षीय रमेश तामाङलाई सो सजाएको फैसला गरिएको हो  ।
अदालतले  १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक÷एक लाख क्षतिपूर्ति दिने फैसला सोमबार सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिनुभयो । १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा तमाङलाई सजाए तोकिएको  अदालतले जनाएको छ । दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने सूचना अधिकारी गौतमले बताउनुभयो ।
उक्त फैसला अनुसार तामाङ २४ वर्ष कैद बस्नुपर्ने हुन्छ । तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन  प्रहरी चौकी डुम्रेमा   उजुरी दिएका थिए । उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको अदालतले जनाएको छ ।
Show More

Related Articles

Back to top button