हेडलाईनAll

एक विद्यालय एक नर्स

दमौली खबर संवाददाता
नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौलीमा निजी विद्यालयको तर्फबाट विद्यालयमै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५ चापाघाट स्थित शान्ति वर्ष अंग्रेजी माविले विद्यार्थी, अभिभावक तथा स्थानीय वासिन्दाको लागि अलगै उपचार कक्षको व्यवस्था गरेर राम्रो कार्यको प्रारम्भ गरेको छ । निजी क्षेत्रको तर्फ यस्तो सुविधा जिल्लामै पहिलो पटक प्रदान गरिएको विद्यालयले दाबी गरेको छ । सिएम र स्टाफ नर्सको सेवाको बाल दिवसको उपलक्ष्यमा स्थापना गरेको छ । यस्तो कार्य अन्य विद्यालयले पनि गर्नुपर्छ ।
बालबालिका घर बाहेक बढी समय विद्यालयमा रहने भएपनि स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या परेकोले सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याउने तयारी गरिरहेको छ । सरकारले तयारी गरिरहेकै बेला निजी विद्यालयको तर्फबाट शान्तिवर्षले शुरुवात गरेर प्रशंसनीय कार्य गरेको छ । शान्तिवर्षले शुरुवात गरेपछि अन्य विद्यालयलाई पनि सञ्चालनको लागि दबाब सिर्जना हुन पुग्छ । विद्यालयले यो सेवा सञ्चालन गर्नु एकदमै स्वागत योग्य छ तर विद्यार्थी तथा अभिभावकालाई शुल्क उठाएर नाफा कमाउने उद्धेश्य भने राख्नु हुँदैन । सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क रुपमा सेवा प्रदान गर्नुपर्दछ । सरकारले पहिले सामुदायिक विद्यालयमा सेवा सुरु गरेर देखाउनु पर्छ । सामुदायिक विद्यालयमा सेवा सुरु भएपछि निजीलाई नैतिक दबाब सिर्जना हुन पुग्दछ ।
Show More

Related Articles

Back to top button