हेडलाईनसमाचारशिक्षाAll

शिव मा.विमा बाल दिवसमा विविध कार्यक्रम

दमौली खबर संवाददाता
दमौली, भदौ ३० ।  व्यास नगरपालिका वडा न. ३ देउरालीनगर स्थित  शिव पाञ्चायन माध्यमिक विध्यालयमा ५८ औँ वालदिवस विविध कार्यक्रमका विच भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले वालअधिकार र वालमैत्री विद्यायालय, ‍वालमैत्री परिवार र वालमैत्री समाजमा आधारित भएर कक्षा १ देखि १० सम्मका विध्यार्थीहरुले सामुहिक र एकलरुपमा गीत, नृत्य, वक्तत्वकला र चित्रकला प्रस्तुत गरेका थिए  । उक्त कार्यक्रममा विध्यार्थीहरु निकै उत्साहित पूर्वक सक्रिय सहभागी भएका थिए। कार्यक्रमका सभापति विद्यालयका सहायक प्रधानाध्यापक  हेमलाल घिमिरेको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रमको प्रमूख अतिथिको रुपमा विध्यालय व्यवस्थापन समिति अध्यक्ष  विष्णुभक्त न्यौपाने हुनुन्थ्यो। उहाँले विध्यार्थीहरुको रुची चाहना, भावना तथा मनोभावना वुझि विध्यार्थीको प्रतिभा उजागर गर्न यस्ता दिवसहरुले ठूलो भूमिका रहने वताउनुको साथसाथै शुभकामना व्यक्त गर्नुभया ।
            कार्यक्रममा विध्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष  मुमवहादुर वंशी ठकुरी,  नेत्रबहादुर रानाभाट, शिक्षिका पूर्व प्र.अ. सरिता पौडेल, शिक्षक  वन्धुराज पौडेल लगायतले शुभकामना व्यक्त गर्नु भयो । कक्षा १० मा अध्ययनरत विध्यार्थी प्रमिला थापाले वाल अधिकार विषयक कविता प्रस्तुत उत्कृष्ट भएको र विध्यार्थीहरु थप प्रोत्साहन गर्ने उदेश्यले विध्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष  नेत्र बहादुर रानाभाटले रु ५०५ प्रदान गर्नु भयो भने व्यास नगरपानिका द्वारा अयोजित वालमैत्री व्यासनगरपालिका विषयक निवन्ध प्रतियोगितामा सान्त्वना हुन सफल कक्षा ८ मा अध्ययनरत छात्र रविन थापालाई कार्यक्रमको विच वि. व्य.स. अध्यक्ष विष्णुभक्त न्यौपानेले प्रमाणपत्र प्रदान गर्नुभयो । साथसाथै बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम शिक्षक  कमल कुमार थापाले सहजीकरण गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button