समाचारविचारUncategorized

के.सीको समर्थनमा प्रर्दशन

यसै बीच युथ काँगे्रस तनहँुको आयोजनामा डा. के.सीको समर्थनमा दमौलीमा प्रर्दशन गरिएको छ । डा. केसी पटकपटक अनशन बसे पनि माग पूरा नभएको र जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै युथ काँगे्रसले माग पूरा गराउन दबाब दिनका लागि प्रर्दशन गरेका हुन् । उनिहरुले व्यास ३ स्थित रहेको ट्राफिक चोकमा प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । उक्त प्रर्दशनमा सहभागिहरुले ‘केसीको जीवन रक्षा गर’, ‘डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेन्सन’ ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एसबीबीएस पढाइ तत्काल सुरु गर !’,‘दुर दराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा सहित प्रदर्शन गरिएको थियो । युथ कांग्रेस तनहँुका संयोजक राजेशकुमार श्रेष्ठले के.सीले उठाएका मागहरु पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।

चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा प्रख्यान डा. केसीले गएको सोमबार अर्थात् भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनशन सुरु गरेका हुन् । पछि उनलाइ काठमाडौँ लगिएको छ । डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध १९ औँ सत्याग्रह सुरु गरेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, कैलालीको गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

के.सीका समर्थकले अनसन तोडे,

चिकित्साक्षेत्रको सुधारको माग राख्दै पटक पटक अनसन बसेका डक्टर गोविन्द के.सी.को समर्थनमा अनसन बसेका दमौलीका दुई युवाको अनशन तोडिएको छ । अनशन बसेका युवा सागर घिमिरेको स्वास्थ्य अवस्थामा खराबी आए पछि शनिबार अनशन तोडिएको हो । उनीसँगै अर्का युवा विनोद सापकोटाले पनि अनशन तोडेका छन् । उनीहरुलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनर एवं व्यास शिव पाञ्चायन क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले फलफूल र जुस खुवाएर अनशन तोडाएका हुन् ।

व्यास ३ स्थित ट्राफिक चोकमा बिहान ११ बजेदेखि अनसन सुरु गरेका उनिहरुले शनिबार बिहान ६ बजे पछि पनि थप २४ घण्टा अनसनलाई निरन्तरता दिने निर्णय गरेका थिए । विहानैदेखि घिमिरेको स्वास्थ्य खराब भए पछि चिकित्सकले अनशन तोड्न सुझाव दिएका थिए । सबैको सुझाव अनुसार दुबै जनाले अनसन तोडेका हुन् । अनसन तोडे लगतै घिमिरेलाई दमौली अस्पतालमा भर्ना गरिएको छ । अर्का युवा सापकोटाको स्वास्थ्य अवस्था भने स्थिर छ ।

Show More

Related Articles

Back to top button