समाचारAll

भारतको अयोध्या लैजाने शिलाको व्यास गुफा र देवघाटमा दर्शन तथा पुजन कार्यक्रम गरियो

दमौली खबर संवाददाता

तनहुँ, माघ १४

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि प्रदान गरिएको शिलाको तनहुँको दमौली स्थित व्यास गुफा परिशर र देवघाछ धममा पूजन तथा दर्शन कार्यक्रम गरिएको छ । दुई वटै स्थानमा पूजा तथा दर्शन गर्ने भक्तजनको ठुलो भिड लागेको थियो ।

व्यास ऋषिको जन्मभुमी शालीग्राम धार्मिक र ऐतिहासिक महत्व रहेको कुरा शास्त्रमा पनि उल्लेख भएकोले दर्शन गर्न आएको बाह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो । कृष्णगण्डकी तथा दामोदरकुण्डबाट ल्याईएको शालिग्राम भएकोले दर्शन र त्यहाँ पुग्न नसकेकोलाई पुण्य प्राप्त गर्नको लागि भक्तजनहरुको भीड लागेको उहाँले बताउनुभयो । पण्डित दुर्गाभक्त अधिकारीले भगवान व्यासको दर्शनको लागि शिला ल्याईएको जानकारी दिनुभयो । व्यासको दर्शन गरियो भने मरेपछि स्वर्ग गइन्छ भन्ने शास्त्रमा लेखिएको शिलालाई व्यासको दर्शन गराउन दमौलीमा ल्याईएको पण्डितले जानकारी । काली र बुढीगण्डकी मिसिएको र सबै देवताको जन्म देवघाटमा भएकोले देवघाटमा पनि शिलालाई दर्शन गराईएको पण्डित अधिकारीले जानकारी दिनुभयो ।

व्यासका अध्यता काशीनाथ न्यौपानेले शिलामा भगवान स्वरुपान बसिसकेको हुनाले प्रत्यक्ष सिता र रामको दर्शन यही गर्न पाएको अनुभव गरेको बताउनुभयो । शिला लिएर आउनु भएका अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले यो शिला नेपालको धर्मदुतको रुपमा भारत प्रवेश गरेको बताउनुभयो । रामको मन्दिर थुप्रै भएपनि रामको जन्मभूमीमा पहिलो पटक बनाउन लागिएकोले यसको विशेष महत्व रहेको उहाँले बताउनुभयो ।

वसन्त पञ्चमीको अवसर पारेर म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रासहित हस्तान्तरण गरिएको थियो । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।

Show More

Related Articles

Back to top button