Uncategorized

तनहुँ उद्योग वाणिज्य संघ द्धारा जिल्लाको विपद् कोषमा दुई लाख सहयोग

दमौली खबर संवाददाता
चैत २८ दमौली
तनहुँ उद्योग वाणिज्य संघले जिल्लाको विपद् कोषमा सहयोग हस्तान्तरण गरेको छ ।
संघका जिल्ला अध्यक्ष मानकाजी श्रेष्ठको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलाई २ लाखको चेक हस्तान्तरण गरेको हो । यो संक्रमणको घडीमा जिल्लाबासीलाई राहत प्रदान गर्ने उदेश्यले रकम हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।यसैबीच प्रमुख जिल्ला अधिकारीले सहयोग प्रदान गरेकोमा उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद दिएका छन् ।

Show More

Related Articles

Back to top button