Uncategorizedजीवनशैली

चट्याङ लागेर तीन घाइते

तनहुँमा मंगलबार बिहान चट्याङ लागेर तीन महिला घाइते भएका छन् । चट्याङले एकै घरका दुई र छिमेकी एक गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्लाको व्यासनगरपालिका– ६ श्याम्घा निवासी तिलबहादुर बिकको घरमा चट्याङ लाग्दा उनकी छोरी १८ की चन्द्रकला र ६० बर्षीय मैया बिक घाइते भएका हुन् ।

उनीहरु दुबैको दमौली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

त्यसैगरी चट्याङ लागेर दुई जना छिमेकी ढलेपछि स्थानीय १८ बर्षीय सुमित्रा बिक पनि बेहोश भएकी छन् । उनको अहिले दमौली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । निजको अवस्था सामान्य रहेको र पोखरा रिफर भएका दुई अवस्था अलि गम्भीर रहेको उनले बताए ।

Show More

Related Articles

Back to top button