Uncategorized

मदिरा पिउने र बिक्री गर्ने सावधान ! १ जरिवानामा परिएला

दमौली खबर सम्बाददाता
चैत ३ , दमौली । तनहँुको देवघाट गाँउपालिकाको टोलहरुले मदिरा बिक्री–वितरण तथा सेवन गर्नेलाई जरिवाना तिराउने भएको छ । सामाजिक विकृति, घरेलु हिंसा र अपराध न्युनीकरणका लागि मदिरा सेवन र बिक्री वितरणमा कडाई गरेको हो । देवघाट गाउँपालिका अन्र्तगत ल्हुङ्ग्ग्रीङ्ग टोल बिकास सस्था र क्राङ्गस्वार टोल बिकास सस्थाको संयुत्त भेलाले मदिरा नियन्त्रणका लागि कानुननै बनाएको हो ।
दुबै टोलले बनाएको नियम अनुसार साँझ ६ बजे देखि साँझ ९ बजेसम्म मदिरा सेवन तथा बिक्री गर्न पाईने भएको छ भने । तोकिएको समय भन्दा अन्य समयमा सेवन गर्नेलाई एक हजार पाँच सय र बेच्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने नियम बनाएको टोल बिकास सस्थाका अध्यक्ष नवराज गुरुङले बताए । उनले भने, ’सामाजिक विकृति, हिंसा र अपराधको मुख्य कारण मदिरा हो,’ उनले भने, ’प्रमुख सामाजिक समस्या समाधानका लागि अभियान चलाएका छौं।’ देवघाट गाँउपालिकाले केही महिना अघिदेखिनै मदिराको प्रयोगलाई नियन्त्रण गरिँदै आएको छ । मदिरा आयात, उत्पादन र सेवनमा रोक लगाइएको छ । मगर समुदायको धार्मिक संस्कारमा रक्सीको विकल्पमा फलफूल चढाउने चलन बनाइएको छ । वडास्तरका अगुवालाई भेला गरेर अभियानको बारेमा जानकारी गराइएको छ । उनीहरुले मदिरालाई कडाईका साथै जुवातास खेल्ने खेलाउने कार्य बन्द गराउने, १८ वर्ष मुनिका बालबालिकालाई सूर्तिजन्य पदार्थ नबेच्ने, बालविवाह न्युनीकरण गर्नेलगायत लगायत अन्य प्रतिवद्धता र घोषणापत्र जारी गरेका छन् ।

कुटपिट, घरेलु हिंसा, बहुविवाह, बलात्कार, सवारी दुर्घटना, विवाद, झैंझगडाको मुख्य कारण मदिरा देखिएको छ । । देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले मदिरा व्यवस्थापनको लागि सबैले आ–आफ्नो ठाँउ बाट जुट्नु पर्ने बताए । उनले भने, “ मदिरा सेवनले दैनिक जीवनमा हाम्रो स्वास्थ्य बिग्रने, समय वर्वाद हुने र कहिले पैसाको बचत नहुने भएको हुनाले पनि मदिरा सेवन गर्न कहिले पनि गर्न हुदैन । ” उनले आफ्नो घर आउने पाहुना लाई स्वागत गर्दा जाडरक्सीले होइन दही,दुध,कफी,चिया र फलफूलले स्वागत गर्न समेत अनुरोध गरेका छन् ।

Show More

Related Articles

Back to top button