Uncategorized

भिमादमा वडाअध्यक्ष र सेवाग्राही बीच मारमुंग्री

दमौली खबर संवाददाता
वैशाख ९, दमौली । भिमाद नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बुद्धिमान श्रेष्ठले सेवाग्राहीलाई कुटपिट गरेका छन् । हकवालाको सिफारिस लिन पुगेका सोही वडाका चिरञ्जीवी खनाललाई वडा अध्यक्ष श्रेष्ठले कुटपिट गरेका हुन् । सेवाग्राहीसँग हातपात भएको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । वडाध्यक्ष श्रेष्ठले आफूमाथि हातपात भए पछि प्रतिवाद गरेको प्रतिक्रिया दिएका छन् । एकल महिलाको घर खनाल आफ्नी सानीआमाको निधन भए पछि हकवालाको सिफारिस लिन गएका थिए ।
अनुगमनमा निस्केका श्रेष्ठ भएको ठाउँमा सिफारिस लिन जाँदा श्रेष्ठले खनालले दावी गरेको जग्गामा एक असहाय महिलाको घर रहेको भन्दै सिफारिस दिन मानेनन् । खनाल भने त्यस विषयमा छलफल गर्न तयार रहेको भए पनि वडाध्यक्षले बाँकी सिफारिस नदिएको बताउँछन् । त्यसपछि सेवाग्राहीले सिफारिस नदिएको भन्दै आफुमाथि ढुङगाले प्रहार गरेको वडाअध्यक्ष श्रेष्ठको भनाई छ । उनले भने, ‘ सिफारिस नदिएको झोकमा आफुलाई ढुङगाले हानेपछि प्रतिरक्षा गरेको हुँ, ‘ उनले अघि भने ‘ मैले हात पहिले हालेको आरोप गलत छ । ’ आफ्नो पुर्जामा पर्ने जग्ग्गामा एक जना सुकुम्बासी महिलालाई घर बनाउन रोकदिएको रिसिबी साँधेर सिफारिस नदिएको सेवाग्राही खनाल बताउँछन् । ‘तैले त्यो लाँटीलाई घर बनाइदिन्छस भने साइन गर्छु । नत्र वडामा तेरो कुनै पनि काम हुदैन् भन्नुभो । मैले उहाँलाई म आज इर्मेजेन्सी जानुपर्नेछ । यसमा साइन गर्दिनुस । उहाँ काम सकेर आउँछु । भोली आइसकेपछि सल्लाह गरेर के कसरी हुन्छ निचोडमा जाउला भन्दै थिए ।
उहाँले एक्कासी आवेशमा आएर हिर्काउनुभो’, उनले सुनाए । खनालका अनुसार पहिलोपटक वडाध्यक्षसंग पुग्दा सिफारिस लिने तरिका सिकाएर पठाएका थिए । वडामा गएर रसिद लिएर वडाध्यक्ष भएको ठाउँमा दोस्रो पटक जादा घटना भएको उनको भनाई छ । खनालले आफूमाथि आक्रमण भएको भन्दै वडाध्यक्ष श्रेष्ठलाई कारवाही माग्दै ईलाका प्रहरी कार्यालय भिमाद मा उजुरी दिएका छन्।

Show More

Related Articles

Back to top button